• शुक्रबार-कार्तिक-२-२०८१

नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य



काठमाडौँ । नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालले अमेरिकासामु जितको लागि १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

 

अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो । 

 

नेपालका लागि कप्तान रोहित पौडेलले ४९ रनको कप्तानी पारी खेले । त्यस्तै, दिपेन्द्र सिंह ऐरी २८ रन र ओपनरद्धय आसिफ शेख र अनिल साहले समान २७ रनको योगदान दिए । अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । 
 

 

 

प्रतिकृया दिनुहोस