• शुक्रबार-कार्तिक-२-२०८१

तारे होटलमा अखाद्य सामग्री फेला : जरिवाना भने दयामाया राख्दै तीन लाख !

 

काठमाडौँ । वाणिज्य, आपूूर्ति तथा उपभोक्ता संरक्षण बिभागले होटेल एभरेष्ट र बुटिक होटेल बसेरालाई तीन–तीन लाख रुपैयाँ जरिवाना गरेको छ । पाँचतारे एभरेष्ट होटेल अनुगमनकाक्रममा बिभागले किचनमा मिति गुज्रेका उपभोग्य सामाग्री फेला पारेको  थियो । यसैगरी, बिभागबाट खटिएको अनुगमन टोलीले बबरमहलस्थित बसेरा होटेलको अनुगमन गर्दा अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरेको फेला पारेको थियो । बिभागले दुवै होटलमा कैफियत भेटिएसँगै नगद जरिवाना गरेको विभागले जनाएको छ ।


चाडबाड नजिकिएसँगै बिभागले अनुगमनलाई तीव्र बनाएको छ । असोज १० गते बिहीवारदेखि असोज १२ गते शनिवारसम्म परेको भिषण वर्षाका कारण जनधनको ठूलो क्षति हुनुुका साथै सडक यातायात प्राय ठप्प छन् । त्यसको फाईदा उठाउँदै केही व्यपारी र बिचौलियाहरुले दैनिक भान्सामा  प्रयोग हुुने तरकारी र फलफूलको भाउ अचाक्ली रुपमा बढाएर उपभोक्ताको ढाड सेक्दै आएका छन् । यतिखेर उपत्यका बाहिरबाट खासै सामान भित्रिसकेको छैन । तर, स्टकमा रहेको सामाग्रीकोे आफूखुसी मूल्य बढाएको पाइएको छ ।


फलफूल, तरकारीलगायत उपभोग्य सामाग्रीको मूल्य छुनै नसकिने गरी बढेको छ । जसममा बिचौलियाहरुको मुख्य भूमिका रहेको आशंका हुँदै आएको छ । यही कारण विभागले अव प्रभावकारी रुपमा बजार अनुगमनलाई तीव्रता नदिने हो भने सर्वसाधारण उपभोक्ता नराम्ररी ठगिने र पीडित बन्ने संभावना देखिएको छ । उता होटेल संघ नेपाल (हान) ले वाणिज्य विभागले तारे होटेलमा अनुगमन नहुने सहमति भएको ब्यहोराको परिपत्र मातहतका होटलहरुलाई पठाएको थियो ।


तर, नागरिकस्तरबाट उक्त कदमको चर्को आलोचना भएपछि मन्त्रालय र विभागले खण्डन गरेर अनुगमनलाई तीव्रता दिने जनाएको छ । सरकार नै तारे होटेलको प्रभावमा परेर अनुगमन नगर्ने निश्कर्षमा पुगेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र विभागका महानिर्देशक राजन पौडेलको कार्यशैलीप्रति आलोचना बढेको थियो । त्यसपछि भने विभागको टोेलीले तारे होटलहरुमा अनुगमन सुरु  गरेको स्रोतले बताएको छ । (साँघु साप्ताहिक, २०८१ असोज २२–३१) 
 

प्रतिकृया दिनुहोस