🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एक्समा विश्वकै बढी फलो गरिने नेता बने नरेन्द्र मोदी, मस्कले दिए बधाई !

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सर्बाधिक फलो गरिने विश्वको पहिलो नेता बनेका छन् । 

एक्सका मालिक एलन मस्कले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सबैभन्दा धेरै फलो गर्ने नेता बनेकोमा बधाई दिएका छन् । एक्समा नरेन्द्र मोदीका फलोअर्सको संख्या १० करोड नाघेको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै एलोन मस्कले लेखेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबैभन्दा धेरै फलो गर्ने नेता बनेकोमा बधाई छ ।' विश्वका ठूला नेताहरू जसको धेरै फलोअरहरू छन् अमेरिकी राष्ट्रपति जो बाइडेन, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रहेका छन् ।

यद्यपि ट्रम्पलाई २०२१ देखि २०२३ सम्म यस प्लेटफर्ममा प्रतिबन्ध लगाइएको थियो । ट्रम्पका ८.७७ करोड फलोअर्स छन् । जो बाइडेनका ३.८१ करोड फलोअर्स छन् भने एर्डोगनका २.१५ करोड फलोअर्स छन् ।

भारतीय नेताहरूमा राहुल गान्धीका २.६४ करोड फलोअर्स छन् । अरविन्द केजरीवालका २.७५ करोड फलोअर्स छन् ।