🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ब्राजिलमा कोरोनाबाट एकै दिन ३ हजार २५१ जनाको मृत्यु

कोरोनाभाइरसको महामारीबाट अत्यन्त प्रभावित मुलुक ब्राजिलमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । 

महामारी सुरु भएदेखि अहिलेसम्मका दिनमध्ये मङ्गलबार सबैभन्दा धेरै जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

उनीहरूले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबार मात्रै ब्राजिलमा तीन हजार २५१ जनाको मृत्यु भएको देखिएको छ । 

योसँगै ब्राजिलमा कारोनाभाइरसका कारण मृत्यु भएकाहरूको सङ्ख्या दुई लाख ९८ हजार ६७६ पुगेको छ ।

त्यसैगरी पछिल्लो एक दिनमा ब्राजिलमा कोरोनाभाइरसबाट ८२ हजार ४९३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । ब्राजिलमा अहिलेसम्म कूल एक करोड २१ लाख ३० हजार १९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।