🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मधेश प्रदेश : जसपाको नेतृत्वको सरकार ढल्ने र जनमतकाे सरकार बन्ने

काठमाडाैं ।  एमाले र माओवादी केन्द्रलाई देखाईने इगो सहित प्रतिपक्षी दलहरुको बैठकका लागि कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अन्ततः झुक्न पुगेका छन् ।

मधेश प्रदेशको सरकार जोगाउने विषयमा भएको उक्त छलफलमा सत्ता पक्ष भएर पनि प्रतिपक्षको बैठकमा पुगेका माधव नेपालले अन्तिम समयमा आएर निर्णय फेरेका छन् ।

  जसपाले नेतृत्व गरेको मधेश प्रदेशको सरकारलाई निरन्तरता दिन सहमत भएर उक्त छलफलमा सहभागी भएका थिए । केन्द्रीय सत्ता गठबन्धनमा रहेको एसले एमाले र माओवादीले समर्थन फिर्ता लिँदा सरकारमै बसेको थियो । झन्डै एक महिना सरकारमा बसेको एसले २०८१ जेठ २२ गते सरकारबाट फिर्ता भएको छ ।    

   मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने २०८१ जेठ २३ गतेकाे अघिल्लो दिन एसले सरकार छाडेको हो ।

एसले सरकार छाडेसँगै मधेश प्रदेशमा ६ वर्ष लामो जसपाको नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । जसपाको सरकार ढले पनि संसदको पहिलो, दोस्रो र तेस्रो दलले सरकार नेतृत्व गर्न पाउने छैनन् ।

  संसदको चौथो ठूलो दल जनमतले मुख्यमन्त्री पाउने गरी दलहरुवीच सहमति भएको छ । त्यसले नेपाली राजनीतिकको कूरुप चित्र प्रस्तुत गरेको भन्दै टिप्पणी पनि हुन थालेको छ ।

  एसले भने कोशी प्रदेश, कर्णाली प्रदेशमा मन्त्री पाउने संभावना रहेको छ । मधेशको अड्को त्यही कारणले राखेको चर्चा पनि एसभित्र चलेको थियो । साथै, बुढानीलकण्ठबाट फर्केपछि एमाले र माओवादीका अध्यक्षले सुदूरपश्चिम प्रदेशको सरकार विस्तारमा पनि सहयोग गर्ने आश्वासन माधव नेपाललाई दिएका छन् ।

उक्त आश्वासनपछि माधव नेपाल मधेश प्रदेशको सरकार ढाल्न सहमत भएको बताइन्छ । सुदूरपश्चिम प्रदेशमा एसका मुख्यमन्त्री दीर्घ सोडारीले आजसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

   सुदूरपश्चिम प्रदेशमा एमालेले मन्त्री पठाउन नमान्दा डेढ महिनादेखि सरकार अलपत्र परेको छ । त्यसो त एमाले र माओवादीको मात्रै बहुमत पुग्ने भएकोले कोशी र कर्णाली प्रदेशमा  उनीहरुले एसलाई मन्त्रालय नै दिएका छैनन् । त्यसमा पनि एसको आपत्ति रहेको थियो ।