🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

साउदी लिगमा ब्रुनेको चासो !

काठमाडौँ । म्यानचेस्टर सिटीबाट खेलिरहेका बेल्जियममा प्ले मेकर केभिन डी ब्रुने साउदी लिगमा जाने संकेत गरेका छन् । ब्रुनेको सिटीमा अर्को सिजनसम्म सम्झौता रहेको छ । 

उनले साउदी लिगमा जान आफु खुला रहेको बताउदै यसको कारण पैसा भएको बताएका छन् । ३२ बर्षिय ब्रुनेले बेल्जियमको पत्रिकासँगको अन्तर्वार्तामा आफु साउदी जान खुला रहेको बताएका हुन् । उनले सिटीमा प्रति साता ३ लाख ८३ हजार डलर पारिश्रमिक पाउछन् ।

ब्रुनेले आफु दुई सिजन खेलेमा युरोपमा १५ बर्ष खेले बराबरको पैसा पाउने उल्लेख गर्दै सिटी पछि साउदी जान सक्ने बताए । तर उनले अहिले नै साउदी जाने भन्ने बारेमा भने स्पष्ट गरेका छैनन् ।

साउदी लिगले ब्रुनेलाई भित्र्याउने बारे छलफल शुरु गरेको रिपोर्टमा बताइएको छ । क्रिस्टियानो रोनाल्डो साउदी लिग गएपछि अहिले नेइमारसहित दर्जनौं खेलाडी युरोप छोडेर साउदी गएका छन् । जस मध्ये करिम बेन्जमासहितका खेलाडी साउदीमा सेटल हुन सकेनन् भने अन्य खेलाडी साउदी लिगमा जमिरहेको देखिन्छ ।