🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गगनमाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ- नेतृ झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि लगाइएको आरोप प्रमाणको भार आरोप लगाउनेले नै पूरा गर्नुपर्ने बताएकी छन् । 

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री थापाले देशको गोप्य सूचना विदेशीलाई बेचेको र कृषि अनुदान लिएर हिनामिना गरेको आरोप लगाएपछि झाँक्रीको यस्तो टिप्पणी आएको हो । 

झाँक्रीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतिक आईकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो । गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ । हेक्का रहोस ।’