🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्रिपरिषद्को बैठकबाट संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउँछौं ः प्रधानमन्त्री दाहाल 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आगामी मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउने बताएका छन् । आईतबार काठमाडौंमा आयोजित समाजवादी विद्यार्थी मोर्चा द्वारा   आयोजित अन्तरक्रिया कार्यक्रमलाई   सम्बोधन उनले आगामी मन्त्रिपरिषद् बाटै ऐन पारित गरेर पठाउने बताए । 

उक्त ऐनले शिक्षा क्षेत्रको धेरै कुराहरुलाई सकारात्मक परिवर्तन दिने तागत राख्ने उनको ठोकुवा छ ।  ‘आज प्रधानमन्त्रीको हैसियतले भन्न चाहत्छु, पर्सि मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट पहिलो पटक संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउँदैछौं । ’ 

उनले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयालाई जनताको मौलिक अधिकारको रुपमा लिपिवद्ध गरिनु आफैंमा ठूलो भएको बताएका छन् । तर त्योसँग सम्बन्धित ऐन कानुन नबन्दा अहिलेसम्म शिक्षाको क्षेत्रमा परम्पराभन्दा धेरै फरक केही हुन नसकेको उनको भनाई छ ।