🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बस दुर्घटनामा परी १७ घाइते : आगलागीबाट १७ लाख क्षति 

गोरखा, कात्तिक २५ (रासस) : गोरखामा  कात्तिक  २४  गते  साँझ भएको बस दुर्घटनामा परी १७ जना घाइते भएका छन् । तनहुँको आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ना ३ ख ७५४४ नम्बरको यात्रु बस गोरखा नगरपालिका–११ स्थित सोह्र किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो । 

बस सडकबाट अन्दाजी २८ फिट तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

आगलागीबाट १७ लाख क्षति 

गोरखाको गण्डकी गाउँपालिका–७ मा कात्तिक  २४  गते दिउँसो भएको आगलागीबाट रु १७ लाख बराबरको क्षति भएको छ । गण्डकी गाउँपालिकाको ज्यामिरे भन्ने स्थानमा स्थानीय दिपक रेग्मी र निर्मला रेग्मीको घरमा आगलागी हुँदा सो क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

आगलागीबाट दीपक रेग्मीको ढुङगा माटोले बनेको र जस्ताले छाएको तीनतले कच्ची घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट रेग्मीको घरमा रहेको नगद रु एक लाख लाख ५० हजारसहित दश लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब निरीक्षक रोशन थापाले जानकारी दिए  । त्यसैसँगै जोडिएको निर्मला रेग्मीको ढुङगा माटोले बनेकोे एक तले घर पनि आगलागीबाट पूर्णरुपमा नष्ट भएको छ । 

आगलागीबाट उनको समेत घरमा रहेको नगद रु ८० हजारसहित छ तोला सुन, लत्ताकपडा अन्नपात, भाँडावर्तन गरी रु सात लाख ५३ हजार बराबर क्षति भएको प्रहरीले जनाएको छ । बिहान करीब १० बजेतिर शुरु भएको आगलागी तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो । 

घ्याल्चोक प्रहरी चौकीबाट खटिई गएको प्रहरीको टोली, स्थानीयवासीलगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । बिजुली चुहावट भई आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीबाट मानवीय र चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ । 
–––