🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गण्डकीमा कोरोनाका सङ्क्रमणका कारण चारको मृत्यु

गण्डकी, २५ मङ्सिर (रासस) : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ भने १०३ जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं ७ का ६५ वर्षीय पुरुष, वडा नं १० का ८१ वर्षीय पुरुष र वडा नं १३ का ५१ वर्षीय पुरुष रहेका छन् । 

त्यस्तै तनहँुको शुक्ला गण्डकी नगरपालिका वडा नं ८ का ७४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको पनि मृत्यु भएको निर्देशनालयले जनाएको छ । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १८० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता ड विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    
    निर्देशनालयका अनुसार प्रदेशमा आज १०३ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या १३ हजार ७९ पुगेको छ भने सक्रिय सङ्क्रमित पाँच हजार ३३८ पुगेका छन् । हालसम्म सात हजार ५६१ कोरोना सङ्क्रमित निको भएको निर्देशनालयले जनाएको छ । 
–––