🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आज काठमाडौंका यी स्थानमा विद्युत सेवा दिनभरजसो अवरुद्ध हुने

काठमाडौं । काठमाडौंका विभिन्न तीन वितरण केन्द्रका सम्बन्धित स्थानमा आज दिनभरजसो विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार शनिबार विभिन्न ठाउँका फिडरहरू सटडाउन गरेर मर्मत कार्य गर्न लागेकाले रत्नपार्क वितरण केन्द्रको अनामनगर, जोरपाटी वितरण केन्द्रको मुलपानी तथा डांछी फिडरअन्तर्गतका दक्षिणढोका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । 

शनिबार बिहान साँढे सात बजेपछि नै अनामनगर धोबीखोलादेखि मैतीदेवी, घट्टेकुलो क्षेत्रमा साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले.जनाएको छ । 

मूलपानी फिडरअन्तर्गत विभिन्न स्थानहरुमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म र डांछी फिडरअन्तर्गत शिवचोक, दक्षिणढोका क्षेत्रमा बिहान १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको हो ।