🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेसको अवरोधका कारण स्थगित कर्णाली प्रदेशसभा सञ्चालनमा सहमति

सुर्खेत, १० कात्तिक : प्रतिपक्षी कांग्रेसको अवरोधका कारण स्थगित कर्णाली प्रदेशसभाको बैठक आइतबारदेखि सञ्चालन हुने भएको छ । प्रदेशसभा सचिवालयमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकार र प्रतिपक्षी दलबीच बैठक सञ्चालनका विषयमा सहमति जुटेको हो । 

प्रदेशसभाको असोज २३ र २६ गतेको बैठकमा कांग्रेसले चालू आवको वार्षिक कार्यक्रम (रातो किताब) उपलब्ध नगराएको भन्दै अवरोध गरेको थियो । संसद् बैठक भोलि आइतबार दिउँसो १ बजे बस्नेछ । 

सभामुख राजबहादुर शाहीले भोलिको बैठकमा सरकारले संसद्लाई रातो किताब उपलब्ध गराउने, प्रदेशसभा र सरकारका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधयेक ल्याउन भइरहेको ढिलाइप्रति मुख्यमन्त्रीले धारणा राख्ने कार्यसूची तय भएको बताए ।  (रासस)
–––