🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्री पुन र सर्वियाका उपप्रधानमन्त्रीबीच भेटवार्ता : उर्जामा लगानी र पर्यटक भित्र्याउन छलफल

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिक (Ivica Dacic)बीच  भेटवार्ता भएको छ । युरो–एसियाइनर्जी सेक्युरिटी फोरममा भाग लिन सर्विया पुगेका उर्जामन्त्री पुन र उपप्रधानमन्त्री इभिकाबीच २०७५ कात्तिक १० गते शनिवार शिष्टाचार भेटवार्ता भएको हो । 

भेटमा द्विपक्षीय हितका विषयमा छलफल हुनुका साथै दुवै देशको बीचमा आगामी दिनमा गर्ने सहकार्यका विषयमा समेत कुराकानी भएको थियो । 

मन्त्री पुनले गत मे मा उपप्रधानमन्त्री इभिकाले गरेको नेपाल भ्रमणप्रति नेपाल सरकार, परराष्ट्रमन्त्री र आफ्नो व्यक्तिगततर्फबाट धन्यवाद समेत व्यक्त गरे । 

भेटमा मन्त्री पुनले नेपाल र सर्विया असंलग्न आन्दोलनका सहयात्री मुलुक भएको भन्दै आगामी दिनमा समेत विश्व मंचमा प्रस्तुत हुंदा साझा धारणा बनाएर जाने प्रस्ताव समेत राखेका थिए । 

उनले दुवै देशको सम्बन्ध मजवुत बनाउन उच्चस्तरीय भ्रमणको आदान प्रदानमा जोड दिनुपर्ने धारणा राखे । 
मन्त्री पुनले भेटमा भने, ‘हामी पुराना सहयात्री मुलुक पनि हौं, नेपाल र सर्वियाको द्धन्द्ध र शान्तीको झण्डै उस्तै–उस्तै अनुभव छ, आगामी दिनमा विश्वमंचमा समेत साझा धारणा बनाएर अघि बढौ ।’

नेपाल लामो समय द्धन्द्धमा गुज्रेको भन्दै मन्त्री पुनले अहिले देश स्थायीत्वको युगमा प्रवेश गरिसकेको र मुलुकमा मजवुत सरकार बनेकाले लगानीको उचित वातावरण बनेको जानकारी सर्वियाली उपप्रधानमन्त्रीलाई दिए । 

मन्त्री पुनले नेपालको उर्जा र जलविद्युत क्षेत्रमा लगानीको लागी सर्वियाली लगानीकर्तालाई उत्प्रेरित गरिदिन समेत आग्रह गरे । उनले सरकारले १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको भन्दै त्यसमा लगानी जुटाउन आफुले पहल गरिरहेको धारणा राखे । 

सरकारले नेपालमा विदेशी पर्यटकहरुलाई भित्र्याउन भिजिट २०–२० कार्यक्रम अघि सारेको भन्दै त्यसमा सर्भियाली पर्यटकलाई नेपाल भ्रमणमा पठाउने वातावरण बनाईदिन पनि मन्त्री पुनले उपप्रधानमन्त्री इभिकासंग आग्रह गरेका छन् । 

‘तपाई आफै पनि नेपाल भ्रमणमा जानुभएको छ, नेपाल निकै सुन्दर पनि छ, सरकारले अघि सारेको अभियानमा सर्वियाली पर्यटकलाई नेपाल भ्रमणको लागी उत्प्रेरित गरेर सहयोग गर्नुभयो भने हामी आभारी हुने थियौ ।’ भेटमा मन्त्री पुनको भनाई उदृत गर्दै उनका निजी सचिव कमानसिंह थापाले भने ।

जवाफमा सर्वियाका उपप्रधानमन्त्री इभिकाले नेपालसंगको सम्बन्ध मजवुत बनाउन सर्विया ईच्छुक रहेको भन्दै नेपालमा लगानीको लागी आफुले निजी क्षेत्रलाई उत्प्रेरित गर्ने र सर्वियाली पर्यटकलाई नेपाल भ्रमणमा जानको लागी वातावरण बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । 

उनले इनर्जी फोरममा नेपालले सहभागिता जनाउनुले पनि नेपाल र सर्वियाबीचको सम्बन्ध मजवुत भएको पुष्टि गरेको भन्दै आगामी दिनमा समेत दुवै देशको विचमा थप सहकार्य हुने विश्वास व्यक्त गरे ।