🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण फुटबल आज राति हुँदै 

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाली टोली फिफा विश्वकप तयारीमा रहेका बेला मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । 

नेपाल र मलेसियाबीचको खेल राति पौने ८ बजे सुरुहुने छ । नेपाली टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश ट्रान्जिट हुँदै बुधबार नै मलेसिया पुगिसकेको छ । नेपालबाट मलेसिया जाने पर्याप्त विकल्प हुँदाहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेश ट्रान्जिट हुँदै टोलीलाई मलेसिया पठाएको थियो ।

एन्फाले टोलीमा कुनै भूमिका नरहेका १० पदाधिकारीलाई खेलको नाममा अनावश्यक मलेसिया भ्रमणमा लगेपछि युवा तथा खेलकुद मन्त्रालयले छानविन गरी कारबाही गर्न राखेपलाई पत्र काटेको छ ।

\"\"

नेपाली टोली आज मलेसियासँग मैत्रीपूर्ण खेल सकेपछि उतैबाट बहराइनसँग खेल्न त्यसतर्फ प्रस्थान गर्ने छ । नेपालको अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको मैदान प्रतियोगिताका लागि अयोग्य भएपछि विश्वकप छनोटको दुवै खेल बहराइनसँग उसकै मैदानमा खेल्ने छ । नेपालले चैत ८ र १३ गते ‘होम’ एन्ड ‘अवे’ खेल खेल्ने छ ।

विश्वकप छनोटअन्तर्गत एसियाको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुई खेलमा पराजित भएको थियो । नेपाल पहिलो खेलमा यूएईसँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोल अन्तरले पराजित भएको थियो ।