🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

त्रिवि क्रिकेट मैदान स्तरोन्नतिमा खेलकुदमन्त्री श्रेष्ठको चासो

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदानको फ्लड लाइट राख्ने विषयमा चासो देखाएका छन् । 

मन्त्रालयको नेतृत्वको जिम्मेवारीमा आएका श्रेष्ठलाई बिहीबार बधाई तथा शुभकामना दिन गएको नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंहको नेतृत्वको टोलीसँग उनले यस विषयमा चाँडै निर्णय हुने बताए । 

टेन्डर आह्वान भएर पनि रद्द भएको फ्लड लाइट निर्माण गर्ने विषयमा आफू सकारात्मक रहेको र क्रिकेटको विकासमा विशेष ध्यान दिने पनि मन्त्री श्रेष्ठले बताए । क्यानका पछिल्ला गतिविधिबारे चासो राख्दै उनले सरकार पनि क्रिकेटको विकासमा सधैं साझेदार हुने विश्वास दिलाएका थिए । 

उनले आफूले सानैदेखि क्रिकेट खेल पनि फलो गरेको बताउँदै अहिलेको सफलताले नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा पु¥याउन सफल भएकोमा खेलाडी र क्यान सबै धन्यवादका पात्रहरु भएको पनि बताए । 

यस्तै, क्रिकेटको पूर्वाधार निर्माणको विषयमा आफू लाग्ने प्रतिबद्धता उनले जनाए । भर्खरै मन्त्रालयको जिम्मेवारी सम्हालेकाले बुझ्न केही दिन लागे पनि सकारात्मक नतिजा निकाल्ने गरी काममा केन्द्रीत हुने पनि उनले बताए । 

यस्तै, कीर्तिपुर क्रिकेट मैदानको सम्झौता सकिने लागेको विषय आफैं निकाल्दै मन्त्री श्रेष्ठले सम्झौता नवीकरण गरेर पूर्वाधारको कामलाई पनि तीव्र गतिमा अघि बढाउने  उल्लेख गरे । मूलपानी क्रिकेट मैदान र धनगढीको फाप्लाका विषयमा पनि उनले चासो देखाएका थिए ।

मन्त्री श्रेष्ठलाई उपाध्यक्ष रोशन सिंहले क्रिकेट संघका गतिविधि र पछिल्ला उपलब्धिबारे  ब्रिफिङ गरेका थिए । उनले युवा जोशका साथ मन्त्रालयमा आएका श्रेष्ठलाई सफलताको कामना व्यक्त गर्दै सबैले मन्त्रीबाट आशा राखेको पनि बताए ।

मन्त्रीलाई शुभकामना दिनका लागि उपाध्यक्ष सिंहका साथै लुम्बिनी प्रदेश उपाध्यक्ष विनयराज भण्डारी, सदस्य प्रथम पराजुली र क्यानका जीएम उत्सव ढुंगाना पुगेका थिए ।