🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकी डलरको भाउ सामान्य घट्यो

काठमाडौ, फागुन २२ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ सामान्य घट्यो युरो र बेलायती पाउण्डको भाउ भने बढेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९३ पैसा कायम गरिएको छ । सोमबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९५पैसामा कारोबार भएको थियो । 

मंगलबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रूपैयाँ २८ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १७ पैसाले बढेको हो। सोमबार यसको खरिददर १४३ रूपैयाँ ४५ पैसा र बिक्रीदर १४४ रूपैयाँ १० पैसामा कारोबार भएको थियो ।  

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ २२ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ ७० पैसा र बिक्रीदर १६८ रूपैयाँ ४६ पैसा कायम गरिएको छ । सोमबार यसको खरिददर १६७ रूपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रूपैयाँ २१ पैसामा कारोबार भएको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ २९ र बिक्रीदर ८६ रूपैयाँ ६८ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ५६ पैसा र बिक्रीमा ९८ रूपैयाँ कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८४ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रूपैयाँ १९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रूपैयाँ ०२ पैसा र बिक्रीदर २८ रूपैयाँ १४ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २० पैसा र बिक्रीदर ४३२ रूपैयाँ १५ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।