🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यस्ताे छ आज कालीमाटीको तरकारीकाे भाउ

काठमाडौ, २२ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा २००, नेपाली सुन्तला १६०, आभोकाडो ५०० र स्ट्रबेरी भुईऐसेलु २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय ठूले गोलभेडा ६०, अदुवा २००, रातो आलु ३२ र रातो भारतीय आलु ३४ रूपैयामा कारोबार हुँदा स्थानीय काउली ३०, लौका ६०, कागती २२०, लोकल काक्रो ११०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

तराई गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १५० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ र टाटे सिमी १०० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ५० रूपैयामा खरिदबिक्री हुँदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ९० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, हरियो प्याज ७० र पुदीना २५० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २२०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६०, भिण्डी १०० र हरियो धनिया ६० रुपैयाँ पाइने समितले जनाएको छ ।

उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३५० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।