काठमाडौँ, १९ असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष तथा सं स फोरमका सांसद हरिनारायण रौनियार र उनका छोरा तथा सो कन्स्ट्रक्सनका हालका अध्यक्ष सुमित रौनियारविरुद्ध बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेकोलगायतका आरोपमा करीब रू १९ करोड बिगो कायम गरी आज बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
त्यस्तै यही मुद्दामा सडक विभागका ईन्जिनियरहरू- डिभिजन सडक कार्यालय नेपालगञ्जका तत्कालीन डिभिजन प्रमुख भानु जोशी, मनोज श्रेष्ठ र राजेशकुमार यादव र एभरेष्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर कृष्णदेव यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तत्कालिन डिभिजन प्रमुख जोशीसँग १ करोड ९७ लाख, श्रेष्ठसँग ९ करोड २४ लाख, यादवसँग ३ करोड १४ लाख र एभरेष्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर यादवसँग १ लाख ४१ हजार विगो माग गरिएको छ ।
–––



