🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

६ महिनाअघि नै एसएसपी बढुवाको चलखेल : गृहसचिवको घरमा प्रहरीका दलालको झुन्ड

काठमाडौं । नेपाल प्रहरीका सरुवा र बढुवाका लागि गृह मन्त्रालयका सचिव प्रेमकुमार राईकोमा बिचौलियाहरूको लर्को लाग्ने गरेको खबर छ । एआइजी बढुवापछि अब डीआइजी बढुवाको तयारी भइरहेको छ । डीआइजी बढुवा नहुँदै एसएसपी बढुवाका लागि बिचौलियाहरूले केही एसपीहरूलाई गृहमन्त्रालयका सचिव राईकोमा लगिसकेका छन् । एसपी भएको ४ बर्ष नै नपुगेका वसन्त कुँवर र सन्दीप भण्डारी बढुवाका लागि गृहसचिव राईकोमा पुगेर आइजीपी सर्वेन्द्र खनाललाई दबाब दिने गरेको स्रोतले बताएको छ । 

एसएसपी बढुवा हुनका लागि एसपी भएको ४ बर्ष पुग्नुपर्छ । भण्डारी र कुँवर एसपी भएको २०७५ फागुनमा मात्र ४ बर्ष पुग्दैछ । ६ महिनापछि मात्र हुने एसएसपी बढुवाको लागि अहिलेदेखि नै आइजीपी खनाललाई तनाव दिने काम उनीहरूले गर्दैआएका छन् । 

  एक नम्बरमा बढुवा हुनका लागि भण्डारी र कुँवर गृहसचिव राईकोमा ६ महिनाअघि नै धाउन थालेको स्रोत बताउछ । प्रहरी संगठन चेन अफ कमाण्डमा चल्नुपर्नेमा हस्तक्षेप निम्त्याउने काम उनीहरूबाट भइरहेको छ । भण्डारी १ नं. गणमा कार्यरत छन् भने कुँवर २ बर्षदेखि नुवाकोटमा छन् । भण्डारी र कुँवर दुवै हरेक ६ महिनाअघि नै बढुवामा चलखेल गर्न हरेक साँझ बिचौलियासँग बानेश्वरका रेष्टुरेन्टमा भेटघाट र साँझको रमझममा मस्त हुने गरेका छन् ।

एसपी कुँवर सुशील कोइराला सरकारका महाधिवक्ता तथा हाल गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरका भाइ हुन् । त्यही नाताले नेपाली कांग्रेसको आडमा पटक पटक इन्चार्ज पाउन सफल हुँदैआएका छन् । एमालेका नेताहरूसँग पनि उनको कनेक्सन बाक्लै भएकाले दुवै हातमा लड्डु भएका भनेर प्रहरीभित्र चिनिन्छन् । डीएसपी हुँदा पनि धेरै ठाउँमा उनी इन्चार्ज भएका थिए । 

बालाजु बृत्तदेखि एसपी भएपछि चितवन र लगत्तै नुवाकोटको इन्चार्ज हुन सफल भए । उनीसँगका कतिपय एसपीले एउटा इन्चार्ज बल्लतल्ल पाए पनि उनले २ वटा जिल्ला भ्याइसकेका छन् । चितवनमा हुँदा जिल्ला प्रहरी कार्यालयको भवन निर्माणमा ब्यापारी, ठेकेदार र जग्गा कारोबारीहरूसँग चन्दा उठाएर त्यसको ५० प्रतिशत भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको थियो । 

जिल्ला प्रहरी कार्यलय चितवनको भवन बनाउँदा एसपी कुँवरमाथि होटेल व्यबसायी एवम् ठेकेदार बाबुराम अधिकारीसँग मिलेर आर्थिक हिनामिना गरेको आरोप पनि लनग्दै आएको छ । भवन निर्माण गर्दा आर्थिक कमिटीको संयोजक रहेका अधिकारीसँग मिलेर कुँवरले अनियमित काम गरेको चितवनवासीलाई चर्चा गर्दछन् । मेडिकल कलेजदेखि चितवनका सबै अस्पताल, बिभिन्न ठेकेदार, व्यापारीसँग समेत अन्धाधुन्द रुपमा उठाएको हिसाब सार्वजनिक नगरेको र सो को विवरण अख्तियारले माग्ने हो भने कुँवर फन्दामा पर्ने एक व्यापारी नै बताउँछन् । 

चितवमा बाबुराम अधिकारी जग्गा दलालका रुपमा चिनिन्छन् । चितवनमा उनले असई कमल परियार र सिपाही सुरेन्द्र कार्कीको टोलीलाई घुमुवा राखेर समेत असुली अभियान नै चलाएको कुरा प्रकाशमा आएको थियो ।  

नुवाकोटमा गएपछि सुरु सुरुमा विभिन्न स्थानमा सञ्चालित क्रसर र बालुवा धुने फिरफिरे गैरकानूनी ढंगबाट सञ्चालन भएको भन्दै कडाइपूर्वक बन्द गर्न निर्देशन दिए । सुरुमा एक महिना टाइट गरेपछि उनले सेटिङ मिलाएर संचालन गर्न अनुमति दिंदैआएका छन् ।  कानूनले बर्जित गरेको कुनै पनि कामलाई बन्द गर्ने भाषण गरेका कुवँरले शुभलाभका आधारमा बालुवा उत्खनन् गर्दा र अवैध फिरफिरे संचालन हुँदा पनि मौन देखिएका छन् । 

एसपीलाई मासिक रुपमा दररेट अनुसार, बुझाएपछि नुवाकोटका सामरी, ढिकुर, रातमाटे लगायतका स्थानमा अझै पनि फिरफिरे संचालन भइरहेका छन् । फिरफिरे केही समयको लागि बन्द हुँदा त्रिशुली नदी सफा बहने गरेको तर क्रसर उद्योग पुन संचालनमा आएसँगै त्रिशुली नदी  फेरि धुलाम्ये भएर बहने गरेको छ ।
वालुवा उद्योग र फिरफिरेको विरुद्धमा केही बोले माफिया ह्वाइट गोल्ड माफियाबाट भौतिक कारवाही गरिने भएपछि स्थानीयवासीहरू पनि आजकल मौन बस्न थालेका छन् ।

उद्योग विकास शाखाको आयोजनामा जिल्ला अनुगमन समितिको संयुक्त टोलीले केही महिना अघि गरेको अनुगमनमा विदुर नगरपालिका र बेलेकोटगढी नगरपालिकाभित्रका ६० भन्दा बढी बालुवा प्रशोधन उद्योग (फिरफिरे) मापदण्ड विपरीत पाइएपछि सबै बन्द गर्न उद्योगीलाई पत्र दिइएको थियो । तर एसपी कुँवरकै संरक्षणमा फिरफिरे संचालन भइरहेको स्थानीयहरू बताउछन् । डीएसपी हुँदा उनी मिसनबाट बीचमै फर्किएका थिए । 

अर्का एसपी सन्दीप भण्डारी पनि प्रहरीमा पटक पटक अवसर पाउने भाग्यमानी अधिकृतमा पर्दछन् । डीएसपी हुँदा हिसाब गर्ने हो भने उनी इलाम, लमजुङ, काभ्रेको इन्चार्ज भएर कुस्त कमाउन मौका पाउने पंक्तिमा पर्दछन् । एसपी भएपछि कर्मचारी प्रशासन शाखाको प्रमुखमा पदस्थापन भए । त्यसपछि मोरङमा सरुवा भए । र, हाल १ नम्बर गणको प्रमुख छन् । एसपी भएपछि पनि लगातार इन्चार्ज पाउनेमा भण्डारी भाग्यमानी प्रहरी अफिसर भनेर हेडक्वार्टरमा चर्चा हुने पात्रमा पर्दछन् ।

मोरङमा एसपी छँदा भण्डारीले परीक्षाको सुरक्षार्थ खटिएका प्रहरीहरूले पाउनुपर्ने रकम नदिई आफैँले राखेपछि उनीबिरुद्ध उजुरी परेको थियो । परीक्षाका लागि खटिएका सुरक्षाकर्मीहरूलाई सरकारले ८ दिनको १२ हजार रूपैयाँ दिने निर्णय गरेको थियो । एउटा परीक्षा केन्द्रमा १० जना प्रहरी खटाउनुपर्ने र त्यसबापत ८ दिनको १२ हजार दिने निर्णय सरकारले गरेको थियो । यस हिसाबले एक जना प्रहरीले परीक्षाका लागि खटिएवापत दिनको १ हजार पाँच सय पैयाँ पाउनुपर्ने हो । तर एसपी भण्डारीले खटिएका प्रहरीहरूलाई रकम नदिई आफैँले राखेका थिए  । 

 मोरङ जिल्लाभरिको नभइकन जिप्रका मातहतका झण्डै २८ देखि ३० परीक्षा केन्द्रहरूको सुरक्षार्थका लागि खटिएका प्रहरीहरूको रकम एसपी भण्डारीले आफैँले  राखेका थिए । एसपी भण्डारीले अदालतबाट सजाय सुनाएर फरार भएका अभियुक्तहरूलाई पक्राउ गरी अदालतसमक्ष बुझाएवापत प्राप्त हुने कमिसन पनि खटिने प्रहरीहरूलाई नदिई आफैँले नै राख्ने गरेका  थिए । । तर खटिएका प्रहरीहरूको पारिश्रमिक खाने एसपी भण्डारीलाई न त तत्कालीन क्षेत्रीय प्रहरी कार्यालयले नै कुनै कारवाही ग¥यो न  प्रहरी मुख्यालयले नै ।

 भण्डारीलाई तत्कालीन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले बढुवा सँगसँगै पहिलो पोष्टिङ नै मुख्यालयको अति आकर्षक मानिने कर्मचारी प्रशासन र त्यसपछि तस्करी चलाएर रकम असुल्न सहज हुने मोरङ जिल्लाको प्रहरी प्रमुख बनाएका थिए । भण्डारीको विवाह नै उपेन्द्रकान्त अर्यालले गरिदिएका कारण अर्याल र भण्डारीको नजिकको सम्बन्ध रहेको अहिले पनि प्रहरी अधिकृतहरूबीच चर्चा हुने गर्दछ ।

डीएसपी सरुवाको दौड

महानगरीय प्रहरी बृत्त थानकोट र सातदोबाटो बृत्तमा प्रमुख सरुवाको लागि पनि चर्को लबिङ भइरहेको छ । थानकोट बृत्तका डीएसपी नवरत्न पौडेल युएन मिसन जाने भएकाले रिक्त हुँदैछ भने सातदोबाटोका विनोद सिलवालको १ बर्ष अवधि नाघिसकेको छ । दुवै बृत्तमा सरुवा हुनका लागि अपराध महाशाखाका डीएसपी रुगम कुँवरको चर्को दौडधूप हुने गरेको प्रहरी हेडक्वार्टरमा चर्चा छ ।

उनी यसअघि कालिमाटी बृत्तमा सरुवा हुनका लागि तत्कालीन डीएसपी प्रदीप क्षेत्रीका विरुद्ध मिडियाबाजीमा उत्रिएका थिए । तर कालिमाटीमा जाने उनको धोको पूरा नभएपछि अहिले पुनः थानकोट र सातदोबाटोका लागि दौडधूपमा छन् । उनको जोेड थानकोटतिरै बढी छ ।  थानकोट नभए सातदोबाटोमा भए पनि उनी सरुवा हुन बिचौलियाको साथ लागेर शक्तिकेन्द्रमा गुहार माग्दै हिंडिरहेको प्रहरी स्रोत बताउछ । 

  चितवनमा इन्स्पेक्टर हुँदा नै कुँवरको चोरीका गाडीका कारोबारी ‘दीपु’ भन्ने दीपेन्द्र श्रेष्ठसँग उठबस हुने गरेको आरोप थियो । दिपुलाई संरक्षण गरी उनको सूचनामा अरु चोरीका गाडीको कारोबार गर्नेहरूलाई उनले पक्राउ गर्दैआएका थिए । केही समयअघि उनी चोरीको गाडी खोजतलास गर्न जाने क्रममा पनि दिपुकै डिजाइन अनुसार गरेका थिए । दिपुले काठमाडौंमा रुगम कुँवरसँग सेटिङ मिलाएर लामो समयदेखि चितवनमा  खुलमखुल्ला चोरीको गाडीको कारोबार गर्दैआएका छन् । 

तराईका विभिन्न जिल्लादेखि काठमाडौंसम्म नेटवर्क बनाउँदै आएका दीपुलाई ललितपुर प्रहरी परिसरका तत्कालीन एसएसपी पिताम्वर अधिकारीले चोरीका गाडीको पाटपुर्जा र पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेका थिए । तर, अदालतमा सेटिङ मिलाएर दीपु छुटेपछि उनको गिरोहको जालो झनै फैलिएको प्रहरी स्रोत बताउछ । प्रहरीले भरतपुरको लोकोमोटिभ मोटर्स वर्कसपमा २०७३ पुसमा खानतलासी गर्दा कागजपत्रविनाका गैरकानूनी ढंगले लुकाई राखेको अवस्थामा गाडीका इन्जिन र पाटपुर्जा बरामद गरेको थियो । (साँघु साप्ताहिक असोज १५)