🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘स्क्विड गेम’का अभिनेतालाई एक वर्षको जेल सजाय

सोल । सन् २०२१ मा रिलिज वेब सिरिज ‘स्क्विड गेम’मा प्लेयर नम्बर ००१ को भूमिकामा अभियन गर्ने अभिनेता ओ येओङ–सुलाई एक वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि एक महिलाले यौन दुव्यर्वहारको आरोप लगाउँदै उजुरी दिएपछि अदालतले एक वर्षको जेल सजाय सुनाएको हो ।

सिरिजमा येओङ एक सोझो र लाचार भूमिकामा देखिएका थिए । तर उनी यो हिंस्रक खेलमा महत्वपूर्ण भूमिकामा थिए । उक्त शो पछि उनीमाथि यौन दुव्यर्वहारको उजुरी परेको थियो । येओङ एक व्यापारी हुन् । उनले नै ‘स्क्विड गेम’को निर्माण र होस्ट गरेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गत फेब्रुअरी २ मा उनको मुद्दामा फाइल ट्रायल भएको थियो । स्वोन जिल्ला प्रसिक्यूटर कार्यालयका सेओङगनाम ब्राचले युओङका लागि एक वर्ष जेल सजाय र काम गर्न रोक लगाएको छ । यद्यपि येओङले आफूले पीडितलाई छोरी सरह व्यवहार गरेको दाबी गरेका छन् ।

‘यो उमेरमा अदालतमा उभिनु निकै दर्दनाक र कठिन हुन्छ । यो दुःखको कुरा हो कि मेरो जीवनको अन्तिम अध्याय यसरी सकियो, जसकारण मेरो पूरा जीवन बिग्रियो’, येओङले भनेका छन् । उनका वकिलले पीडितका साक्षी र बयानमा प्रमाणको कमी रहेको दाबी गरेका छन् ।

महिला आरोपीका अनुसार सन् २०१७ मा हाइकिङका समयमा येओङले उनलाई गलत तरिकाले छोएका थिए । यतिमात्र होइन उनीमाथि जबरजस्ती अंकमाल गर्न खोजेका थिए । आरोपीले पीडकले आफूलाई जबरजस्ती चुम्बन गर्न खोजेको पनि दाबी गरेकी छन् ।

घटनापछि येओङले आफूलाई मोबाइलमा माफी मागेको र आफूलाई छोरी सरह भनेको पीडित महिलाले खुलाएकी छन् । यो मामलाको आगामी सुनुवाइ २०२४ को मार्चमा पुनः हुनेछ ।

(नवभारत टाइम्स)