🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कतार एएफसी एसियन कपको क्वाटरफाइनलमा

काठमाडौं । घरेलु टोली कतार एएफसी एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

सोमबार राति प्यालेस्टाइनविरुद्ध २–१ गोलको पुनरागमन जित निकाल्दै आयोजक राष्ट्र तथा डिफेन्डिङ च्याम्पियन कतारले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

कतार १ गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । ओडे दब्बाघले ३७ औं मिनेटमा गोल गर्दै प्यालेस्टाइनलाई अग्रता दिलाएका थिए । 

पहिलो हाफको अतिरिक्त छैटौं मिनेटमा कतारले बराबरी गरेको थियो । कतारका हसन अल हाइड्सले गोल गर्दै घरेलु टोलीलाई १–१ को बराबरीमा ल्याएका थिए । 

प्यालेस्टाइनका मोहम्मद सालेहले एल्मोएज अलीलाई फल गरेपछि कतारले पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै अकरम अफीफले ४९औं मिनेटमा गोल गरेपछि कतारले २–१ गोलको अग्रता बनाएको थियो । 

त्यसपछि दुवै टिमबाट थप गोल नहुँदा अन्ततः कतार नै २–१ गोलको जितका साथ अन्तिम ८ मा पुग्न सफल भयो ।