🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शहीद स्मारक ए डिभिजन लिग : बराबरीमा फ्रेण्ड्स र हिमालयन शेर्पा

काठमाडौँ, २२ पुस (रासस) : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रेण्ड्स क्लबले हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुस २२ गते  भएको खेलमा खेलको निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो । बराबरी खेलसँगै दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् ।

जारी लिगमा पाँच खेल पूरा गरेको हिमालयन शेर्पाले ३ अङ्क जोडेको छ । यसअघि खेलेको चार खेलमा हिमालयन शेर्पाले दुई खेलमा बराबरी तथा दुई खेलमा पराजय भोगेको थियो । शेर्पाले नेपाल पुलिस क्लबसँग गोलरहित बरबरी र अर्काे विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)सँग १–१ गोलको बराबरी खेलेको थियो । 

त्यस्तै हिमालयन ंशेर्पा त्रिभुवन आर्मी क्लबसँग २–० ले तथा ब्रिगेड ब्वाईज क्लब (बीबीसी)सँग १–० ले पराजित भएको थियो । समान खेल खेलेको फ्रेण्ड्स क्लबले दुई अङ्क जोडेको छ । यसअघि फ्रेण्ड्सले एक खेलमा बराबरी तथा तीन खेलमा हार बेहोरेको थियो । लिगको सुरुआती खेलमा फ्रेण्ड्स क्लब आर्मीसँग २–१ ले पराजित भएको थियो भने ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग २–० ले तथा मछिन्द्रसँग ३–० ले पराजित भएको थियो । त्यस्तै फ्रेण्ड्सले मनाङ मस्र्याङ्दी क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । 

    
जारी लिगमा पुस २३ गते बुधबार दुई खेल हुनेछ । जसमा पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी ) र थ्रिस्टार क्लब आमने सामने हुनेछन् भने दोस्रो खेलमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।