🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘उपत्यका भित्रिने नाकाको सुरक्षा व्यवस्था कडा हुनुपर्छ’: डीआइजी  पोखरेल 

काठमाडौँ, २२ पुस (रासस) : महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यका भित्रने नाकाको सुरक्षा व्यवस्था कडा हुनुपर्ने बताउनुभएको छ । समुदाय प्रहरी साझेदारी चन्द्रागिरिपालिका समितिले आज थानकोटमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले राजधानी भित्रिने नाकाको सुरक्षा गर्न प्रहरीसँगै स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 

“अपराध रोकथाम नियन्त्रणमा प्रहरीको भन्दा जनसमुदायको भूमिका महत्वपूर्ण रहेको छ”, उहाँले भन्नुभयो । पोखरेलले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न सबैको साथ सहयोग र सहकार्यको खाँचो रहेको बताउनुभयो । समाज सुधारका लागि आफैँबाट सकारात्मक कामको शुरुआत गर्नुपर्ने उहाँको भनाइ थियो । 

उहाँले प्रहरी समुदाय साझेदारी कार्यक्रमअन्तर्गत सुरक्षित समाज निर्माणका लागि प्रहरी र समुदाय सँगसँगै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । सुशासन कायम गर्ने सरकारको प्रतिबद्धता पूरा गर्न सबै लाग्नुपर्ने उहाँको भनाइ थियो ।
 –––