🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१४० करोड कमाउने \’हनुमान\’को सिक्वेल बन्ने, हिराे तेजा सज्जा भने नरहने

मुम्बई, ९ माघ । सन् २०२४ को पहिलो ब्लकबस्टर फिल्म ‘हनुमान’ ले बक्स अफिसमा राज गरिरहेको छ । 

चलचित्र सुस्त गतिमा सुरु भएपनि चलचित्रले जुन गति लिएको छ, त्यसले अन्य निर्माताहरुलाई पसिना पसिनामा पु¥यायो । बक्स अफिसमा निकै न्यून कलेक्सनबाट सुरु भएको ‘हनुमान’ले सुपरस्टार महेश बाबुको ‘गुंटुर करम’ को विश्वव्यापी कलेक्शन तोडेर सन् २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । राम मन्दिर प्राणप्रतिष्ठा कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले फिल्मको दोस्रो भागको घोषणा गरेको हो । 

फिल्म ‘हनुमान’ जनवरी १२ मा हिन्दीका साथै दक्षिणी भाषामा पनि थिएटरमा रिलिज भएको थियो । त्यस दिनदेखि यो फिल्म लगातार चर्चामा छ । मात्र २० करोडमा बनेको यो फिल्मले निर्मातालाई सोचे भन्दा बढी बनाएको छ । रामलला प्राण प्रतिष्ठाको अवसरमा पनि ‘हनुमान’ ले निकै कमाइ गरेको छ र यसै दिन उनीहरुले फिल्मको सिक्वेलको घोषणा पनि गरेका छन् । यस फिल्मका मुख्य अभिनेता तेजा सज्जा भने दोस्रो पार्टमा देखिने छैनन ।

२० करोडको बजेटमा बनेको फिल्म ‘हनुमान’ले एक सय ३० करोडभन्दा बढी कलेक्शन गरेर सबैलाई चकित बनाएको छ । सैकनिल्कको  प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार हनुमानले दोस्रो सोमबार अर्थात् रिलिजको ११ औं दिनमा ७.५० करोड भारु कलेक्सन गरेको छ। योसँगै  ‘हनुमान’को कुल कमाई अहिले १३९.५५ करोड रुपैयाँ पुगेको छ ।

‘हनुमान’को अभूतपूर्व सफलताबाट निर्माताहरु निकै खुसी छन् र यसैले अयोध्यामा रामलाला प्राण प्रतिष्ठाको अवसरमा ‘हनुमान’ को अर्को पार्ट घोषणा गरेर निर्माताले फ्यानहरुलाई ठूलो उपहार दिएका छन् । ‘हनुमान’ को अर्को भाग ‘जय हनुमान’ शीर्षकको साथ रिलिज हुनेछ । यसको पोस्टर पनि सार्वजनिक भएको छ ।

‘जय हनुमान’को सिक्वेलमा तेजा सज्जा हनुमान मुख्य कलाकार हुनेछैनन् । मिडिया रिपोर्टका अनुसार प्रशान्त वर्माले फिल्मको सम्बन्धमा बयान दिएका थिए जसमा उनले तेजा सज्जा ‘हनुमान’ को सिक्वेल ‘जय हनुमान’ मा मुख्य नायक नहुने बताएका थिए । यो फिल्ममा उनी ‘हनुमन्थु’ को रुपमा देखिनेछन् । तर, ठूला कलाकारले मुख्य भूमिका निर्वाह गर्ने भएका छन् ।