🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजनीति पछ्याउँदै परिणीति

मुम्बई । अभिनेत्री परिणीति चोपडा हालका दिनमा फिल्म ‘अमर सिंह चमकिला’लाई लिएर चर्चामा छिन् । यो फिल्ममा उनको अभिनयको तारिफ राम्रै भइरहेको छ । निजी जिन्दगीलाई लिएर पनि परिणीति निकै चर्चामा आउँछिन् ।

गत वर्ष उनले आम आदमी पार्टीका नेता राघव चड्ढासँग विवाह गरिन् । दुवैले भव्य समारोहबीच उदयुरमा विवाह गरेका थिए ।

विवाहअघि परिणीतिलाई राजनीतिमा कुनै रुची थिएन । उनले अन्तरवार्ताहरुमा आफूले कोही राजनीतिज्ञसँग विवाह नै नगर्ने बताएकी थिइन् । यद्यपि अहिले उनको विवाह राजनीतिज्ञसँग मात्र भएन, राजनीतिप्रति उनको रुची पनि बढ्दै गएको छ ।

हालैको एक अन्तरवार्तामा राजनीति रुची बारे बताएकी छन् । उनले राघवसँगको पहिलो भेटका बारेमा सम्झँदै त्यो समयमा राघव राजनीतिक पृष्ठभूमिका हुन् भन्नेसमेत आफूले थाहा नपाएको उल्लेख गरेका छन् । ‘अहिले म राजनीति पछ्याउँदैछु । अब त यो काम गर्नै पर्छ’, उनले भनेकी छन् ।

उनले पति राघवप्रति गुनासो पनि गरेकी छन् । ‘उहाँप्रति मेरो यो गुनासो छ कि उहाँ मनोरञ्जनमा चासै लिनुहुन्नँ । उहाँले पछिल्लोपटक कुन फिल्म हेर्नुभयो भन्ने कुरा कि भगवानलाई थाहा छ कि उहाँलाई मात्रै’, परिणीति भन्छिन् ।

परिणीतिका अनुसार राघवलाई फिल्मभन्दा बढी रुची संगीतमा छ । उनले राघव र आफूबीच भेट हुँदा व्यावसायिक कुरा भन्दा पनि व्यवसायिक जीवनभन्दा बाहिरका कुरा बढी हुने खुलाइन् ।