🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

करोडौंको अस्पतालमा कवाडी छड हाल्न खाेजे पछि पूर्व मेयरले रोके निर्माण

रौतहट । रौतहटको कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्को  १५ बेडको  भवनको निर्माणको ठेक्का लिएका निर्माण ब्यवसायी उपेन्द्र चौधरीले गुणस्तरहीन काम गरेको भन्दै पूर्व मेयर सियाराम कुशवाहाले रोक लगाईएका छन। 

संघीय सरकारको १९ करोड ७५ लाख भयाट सहितको लगानीमा भवन निर्माणको लागि कटहरिया नगरपालिकाले आव्हान गरेको टेण्डर घटाघट प्रक्रिया मार्फत महालक्ष्मी धनन्जय, चौधरी जेविले ११ करोडमा साकार गरेको थियो । प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाको हाता भित्र १५ सैंयाको भवन निर्माण अवधि  २ बर्ष रहेको  छ। 

पूर्व मेयर कुशवाहाले शनिवार स्थलगत अनुगमन निरीक्षण गर्दा निर्माण कम्पनीका निर्देशक उपेन्द्र प्रसाद चौधरीले जग निर्माणमा रोलर नै नचलाई ढलान सुरु गरे पछि पूर्व मेयर कुशवाहाले निर्माण काम रोक्का गरेको बताएका छन। करीब २० करोडको भवनको जग नै बलियो भएन भने माथीको संरचना कमजोर हुने भएकाले निर्माण रोक्का गरिएको पूर्व मेयर कुशवाहाले बताएका छन। 

ठेकदारले निर्माण स्थलमा हुडिङ बोर्ड समेत राखेका छैनन्। 

‘टेण्डर तथा निर्माणको स्टीमेटसहित ठेकदारलाई आउन भनेको छु,  कटहरिया नगरपालिकाको ईन्जिनियरले निर्माण बारे स्पष्ट पारेपछि मात्र पुनः काम शुरू हुन्छ,’ पूर्व मेयर कुशवाहाले भने । उनका अनुसार त्यतिमात्र नभई ठेकदार चौधरीले करोडौंको भवन निर्माणमा पुरानो कवाडी रड प्रयोग गरिरहेका छन ।

सो अस्पतालको शिलन्यास २०७७ पुस १ गरेका दिन तत्कालीन नगर प्रमुख कुश्वाहाले नै गरेका थिए । तर, भवन निर्माण हुने स्थानमा ठूलो खाडल बनाएर तीनबर्ष सम्पर्क बिहीन रहेका ठेकदार उपेन्द्र चौधरी अहिले बल्लतल निर्माण काम सुरु गरेका हुन् ।   

कटहरियाका बर्तमान मेयर अजयप्रकाश जैसवालले आफ्नो लामो प्रयासबाट अस्पताल भवनको निर्माण सुरु भएको बताएका छन। जैसवालका अनुसार सुरुमा अस्पताल भवन निर्माणको लागि मन्त्रालयबाट टेण्डरको प्रक्रियाको थालनी भएको थियो। मन्त्रालयबाट निर्माणको लागि रकम निकासा नहुँदा कुनै प्रक्रिया अगाडि बढेको थिएन।

हाल मन्त्रालयमा लगातार दौडेर रकम निकासा, टेण्डर स्वीकृत गराएपछि मात्र अस्पताल भवन निर्माणको काम सुरु भएको मेयर जैसवालले दाबी गरेका छन।