🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ट्रयाक्टरको ठक्करबाट ११ वर्षीय बालकको मृत्यु

विराटनगर । ट्रयाक्टरको ठक्करले मोरङको सुनवर्षी नगरपालिकामा बिहीबार साँझ एक बालकको मृत्यु भएको छ । सो दुर्घटनामा स्थानीय ११ वर्षीय समीर ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उखु लिएर डाइनिया–केरेन्जा भित्री पक्की सडक खण्डमा गुडिरहेको प्रदेश नम्बर ०१–०१–००२ त ०३८८ नम्बरको ट्याक्टरले बाटोमा खेलिरहेका समीरलाई ठक्कर दिएको थियो । ट्रयाक्टरले ठक्कर दिएलगत्तै उनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनापछि फरार भएका ट्रयाक्टर चालक स्थानीय तल्लु सोरेनलाई राति प्रहरीले नियन्त्रणमा लिएको थियो ।