🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१० वर्षपछि गैंँडाको खाग तस्कर  पक्राउ 

चितवन, २१ असोज (रासस) : भारतमा लुकिछिपी बसेका गैंँडाको खाग तस्कर १० वर्षपछि पक्राउ परेका छन् । 
चितवन राष्ट्रिय निकुञ्जले फरार रहेका नवलपरासीको कावासोती–१० रतौलीका ईश्वरीप्रसाद महतोलाई असोज १९ गते शुक्रबार पक्राउ गरेको हो ।

निकुञ्जका सूचना अधिकारी नरेन्द्र अर्यालका अनुसार महतो नेपाल छिरेको सूचनाका आधारमा ४५ दिनदेखि पिछा गरी नवलपरासीको अमलटारीबाट पक्राउ गरिएको हो । महतो सो क्षेत्रमा दुई गैँडा मार्ने कार्यमा संलग्न रहेको निकुञ्जले आरोप लगाएको छ । 

विसं २०६६ असोज २८ गते महतोसहित सात जनाविरुद्ध गैंँडा मारेर खाग चोरी बिक्री गरेको आरोपमा दुई मुद्दा दर्ता भएको थियो । विसं २०७१ असार १० गते निकुञ्जले महतोलाई १५ वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला गरेको थियो ।

अर्काे मुद्दामा पनि १५ वर्ष कैद र रु ८० हजार जरिवानाको फैसला भएको सूचना अधिकारी अर्यालले जानकारी दिए  । महतोलाई असोज १९ गते शुक्रबार नै जिल्ला कारागार भरतपुर चलान गरिएको छ । 
–––