🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इजरायली ड्रोन हमलामा हिजबुल्लाहका बरिष्ठ कमाण्डर मारिए

तेलअहिव, २४ पुस । इजरायली आक्रमण परी लेबनानमा शीर्ष हिजबुल्लाह कमाण्डर मारिएका छन । 

इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई हमलामा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको लेवनानी समाचार संस्थाहरूले जनाएका छन । ‘यो धेरै पीडादायी घटना हो,’ हिजबुल्लाहका एक अधिकारीले भने । तर, उनको नाम भने अझै खुलाइएको छैन् । 

‘ती अज्ञात कमाण्डरले दक्षिणमा हिजबुल्लाहको अपरेसन व्यवस्थापन गर्न प्रमुख भूमिका खेलेका थिए,’ एक सुरक्षा अधिकारीले लेवानानी समाचार एजेन्सीलाई भने, ‘र, उनी दक्षिणमा रहेको बेला उनको कारलाई लक्षित गरी इजरायली आक्रमण हुदाँ मारिए ।’

अक्टोबर ७ मा सीमापार बमबारी सुरु भएदेखि दक्षिणी लेबनानमा इजरायली गोलाबारीमा हिजबुल्लाहले १६० भन्दा बढी लडाकुहरू गुमाइसकेको छ । उक्त हत्याले गाजाको द्वन्द्व लेबनान र अन्यत्र फैलिने डर बढाएको युद्द बिज्ञहरूले जनाएका छन ।