🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पुटिन र ट्रम्पको शिखर वार्ताको मिति र स्थान तय 

मस्को, १४ असार  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भनिएको शिखर वार्ताको मिति र स्थान बिहीबार सार्वजनिक गरिएको छ । लामो समयदेखि प्रतिक्षा गरिएको उनीहरूको शिखर वार्ता आउँदो जुलाई महिनाको १६ तारिखमा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीहरुले बताएका छन् । 

रूसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा उनीहरूको शिखर वार्ता, मिति र स्थानका बारेमा ट्रम्प र पुटिनसँगको परामर्श र सहमतिमा निर्णय भएको उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्यादिमिर पुटिन जुलाई १६ मा हेल्सीन्कीमा दुई पक्षीय शिखर वार्ता गर्न सहमत हुनुभएको छ ।”