🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

वासिङ्टन । विश्वका चर्चित नेताहरुको सूची सार्वजनिक हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै शीर्ष स्थानमा रहेका छन् । 

७६ प्रतिशत अनुमोदन रेटिङका साथ उनी विश्वकै सबैभन्दा लोकप्रिय नेता बनेका छन् । यसअघि पनि उनी नै शीर्ष स्थानमा थिए । दोस्रो सबैभन्दा लोकप्रिय नेताको मूल्याङ्कनमा १० अंकको भिन्नता थियो । यो सूची मोर्निङ कन्सल्टले तयार गरेको हो । 

मेक्सिकोका राष्ट्रपति ओब्राडोर ६६ प्रतिशत रेटिङका साथ सूचीमा दोस्रो स्थानमा छन् । स्विट्जरल्याण्डका राष्ट्रपतिको रेटिङ ५८ प्रतिशत र ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाको ४९ प्रतिशत छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन यो सूचीमा सातौं स्थानमा छन् । जो बाइडेनकोे अनुमोदन रेटिङ ३७ प्रतिशत छ । जुन मार्चयताकै उच्च हो । राजनीतिक खुफिया अनुसन्धान फर्मले २२ विश्वव्यापी नेताहरूको सर्वेक्षण गरेको थियो । यो सर्वेक्षण डाटा नोभेम्बर २९ र डिसेम्बर ५, २०२३को बीच लिइएको थियो ।