• शनिबार-बैशाख-१५-२०८१

‘मलाई नियोजित रुपमा जोडियो’ : उपरथी जोशी

 

गत २०८० पुस १६ गते प्रकाशित साँघु साप्ताहिक र साँघुन्यूज डटकममा ‘जंगी अड्डाका शक्तिशाली कर्नेल सौरभको चर्काे कमिशन खेती’ शीर्षकको चिठीपत्रमा मलाई बद्नियतपूर्वक जोडेर मेरो आचरण खराब रहेको देखाउने प्रयास गरिएको छ । 


राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत भएर आगामी २०८० पुस २० गतेदेखि अवकाशमा विदा हुन लागेको अवस्थामा केही व्यक्तिहरुले बद्नियतपूर्वक चिठीपत्रमा जोडेर मेरो बद्नाम गर्ने काम भएको छ । यसले मलाई मानसिक तनाव दिने काम गरेको छ ।


सैनिक जीवनको मेरो इमान्दारितालाई भ्रमपूर्ण सूचना प्रवाह गरी बद्नाम गर्न खोजिएकोले यसप्रति खण्डन गर्दछु । साथै, आगामी दिनमा सत्यतथ्य बुझेर मात्र प्रकाशित गर्नुहुन पनि साँघु परिवारलाई आग्रह गर्दछु । – उपरथी हिरालाल जोशी

प्रतिकृया दिनुहोस