🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाभित्रको बेथिती कसले हेर्छ रक्षा मन्त्रीज्यू ?

श्रीमान सम्पादकज्यू /

साँघु  साप्ताहिक/

हामीले नेपाली सेनाका सकल दर्जाकोतर्फबाट सेनाभित्रका अनेकौं  बेथितीकाबारेमा एउटा पत्र पठाएका छौं । कृपया, प्रकाशित गरेर सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण सहयोग गरिदिनु हुनेछ भन्ने अपेक्षा गरेका छौं । हाम्रा गुनासाहरु निरन्तर प्रकाशित गरेर साँघु  परिवारले पीडित नेपाली सेनाका सकल दर्जालाई ठूलो गुनलगाउँदै आएकोमा हाम्रोतर्फबाट धेरै धेरै धन्यवाद । 

राणा शासन गयो, पनि राजतन्त्र गयो र आज गणतन्त्र आएको छ । तर, नेपाली सेनामा गणतन्त्र, लोकतन्त्र भनौ कुनै तन्त्रहरु नआएकोमा यो सरकार वा पहिलाको सरकार डराएर होला सेनामा न कानून, न नियम न भ्रष्टाचार र अनियमितता नै हटेको छ । भू.पू.होस् या वहालवाला जर्णेल, कर्णेल र चिफसा’वहरुलाई न अख्तियारले छोयो, न कानूनले छोयो । हैन हामी सानो दर्जाले देशमा नागरिक सरकार छ भनेर महसुस गर्ने दिन आउँदैन त रक्षा मन्त्री र रक्षा सचिवज्यू ? 

ठूला आफन्त र नातेदारहरु मोटाउदै, माथिल्लो दर्जामा पुग्दै । तर, सोझासाझा चाकडी नगर्ने, आफन्त नभएका सैनिक जहाँको त्यहीँ  । यस्तो जालो र हेपाहा प्रवृत्ति मौलाएको छ कि रक्षा मन्त्रालयका मन्त्री, सचिव, सहसचिव र कर्मचारीहरु बाध्य भएर फाइल बढाउने र क्याविनेट पठाउने बाहेक कुनै काम  भएको महसुस हामीलाई भएन । सेनाबाट जे आउछ त्यही माथि सर्लक्कै जान्छ रे । कसैले हालेको मुद्दा मामलाका निवेदनहरु त के गुनासो सम्म नसुनि रक्षा मन्त्री र सचिवहरु बिक्ने गरेको पाइयो ।

नत्र त्यत्रो संसदमा उठेको कुरा सेनामा भष्टचार छ, अनियमिता छ, सैनिक पीडित छन्, मर्कामा परेका छन्, सिपाहीले सन्तुलित र गुणस्तरीय, दूध, मासु, बिस्कुट, ताजा दाल, तरकारी खाना नपाएर रासन जति जर्नेलहरुका प्रिय ठेकेदारले कमिसन खुवाएर जर्णेल र चीफलाई पोसेका छन् । बाटो निर्माण भन्दै  बन्दुक बोकाउने सिपाहीहरुलाई जागिरमा ज्याबेल र ढुंगा बोकाएर काममा लादेर जर्नेलहरु मोटाएका छन् । सरकारका सिपाहीलाई जर्नेल, कर्नेलका श्रीमतीको फरिया, पेन्टी धुने, भा“डा माझ्ने, भकारो सोहर्ने, जुत्ता पालिस गर्ने जस्ता घरेलु  काममा हजारौंलाई व्यस्त पारेको छ । 

 फाष्ट ट्राकको अनियमीता कस्ले हेर्ने, जर्णेल महंगो गाडी र उपहार बोकेर मन्त्री, सचिवहरु र कर्मचारीको घरघरमा पुगेका छन, चीफसा’वलाई विदेश भ्रमणतिर मात्रै ब्यस्त । सच्चा सैनिकलाई दिने मेडल जति घरमा काम गर्ने, चाकडी गर्ने र आफन्तलाई दिएर सम्मान गरिएको छ, शान्ति सेना पठाउन नियम नमिल्ने, जुनियर अधिकृतलाई सिफारिस गरिएको छ, दुःखकष्ट उकालो ओरालो स्थानमा खट्टिएका अधिकृतको लेखोजोखा छैन, कहिलेसम्म हो नेपाली सेनाभित्र यो अन्याय र बेथिती रक्षा मन्त्री र सचिवज्यू ?

सरुवा, बढुवामा आफन्त र चाकडी गर्नेलाई घुस, कमिशन आउने कमाण्डको जिम्मेवारी । प्रबन्ध र संभाररथी जस्ता मालामाल हुने अफिस । अरुलाई बाहिरै बाहिर किन ? चीफसा’वको मान्छे भनेसी जे गरे पनि हुने जस्तो पनि हुने ? के सैनिक नियम सबैलाई  लाग्दैन ? के हो यो पी.एस.ओज् भन्ने ? के त्यो सरकार र राष्ट्रपतिभन्दा, कानूनभन्दामाथिको राज संस्था जस्तै हो ? खै शाही नेपाली सेनालाई जनताको सेना बनाएको ? ओली सरकार र प्रचण्डज्यू ?

प्रचण्ड सरकारलाई ढाल्दा सैनिक नै मुख्य कारण बनेको थियो र माओवादीमा दुई फ्याक हुनु प¥यो । चेतना भया प्रचण्डज्यू ? तपाई त कम्युनिष्ट पनि हैन माओवादी पनि हैन ? सोच, सिद्धँन्त त अर्कै रहेछ ? घरवारविहीन सर्वहारा नेता, आज तपाई नेपालको धनाढ्य नेतामा गनिनु हुन्छ ? कहाँबाट आयो त्यो कमाई ? तपाईको न जागिर छ न पेन्सन ? नियम विपरीत ठेक्कापट्टामा घोटाला गरेर हैन भने सम्पत्ति विवरण खुलाउनुस् सरकारमा भएका नेता र मन्त्रीज्यूहरु ? 

 सुनिन्छ सेनामा धेरै विवाद र समस्या भएको २० जना महासेनानी बढुवामा रक्षा मन्त्रीज्यूको धेरै हात छ रे । रकमको चलखेल भएको छ रे । जसमा ओली सरकार र प्रचण्डज्यूको पनि हात छ रे । नेपाली सेनाको बढुवा र सरुवामा सिपाहीको काटेको रासन, शान्ति सेनाबाट ल्याएको (डलर), कल्याणकारी कोषमा जम्मा भएको रकम प्रयोग गरिन्छ रे ।

उपरथी भुवन अधिकारी जो सेनाको कुवेर भनेर कुख्यात छन् उनलाई चीफसा’व र अन्य जर्णेलले प्रयोग गरेर नेता, रक्षा मन्त्री र सचिवलाई घर, कार, महंगामहंगा उपहार दिएर एक वर्ष पनि नपुग्दै कसरी उपरथीमा बढुवा गरेर सेनाको रेकर्ड तोडियो ? जवाफ छ ? बहुश्रीमतीको काण्डमा विवादित उपरथी अधिकारी चाकडीको कारण आज सेनाभित्र शक्तिशाली बनेका छन् ? उनी अहिले पनि रक्षा सचिवलाई फसाउन अनेक तिकडमबाजी गर्दै विभिन्न निकायमा धाउन थालेका छन् रे । 

सेनामा तल्लो दर्जा र तल्लो तहका सैनिक अधिकृतको एस.एल.सी.को सर्टिफिकेटलाई सानो थिमिमा गएर सर्टिफाइ गराएर पेश गर्ने निर्देशन छ रे । अनि, माथिल्ला अधिकृत र जर्णेलको सर्टिफिकेट हेरिएको छ त ? हुनेवाला चीफसा’ब पूर्णचन्द्र थापाको नागरिकता र पढाईको प्रमाणपत्रहरु छानविन र प्रयोगशालामा राखिको छ रे । कसका लागि यो नियम रक्षा मन्त्रीज्यू र सचिवज्यू ? कहाँ  छ सरकार र कहाँ  छ गणतन्त्र ?
अर्को कुरा सेनामा हुने वाला चीफसा’बको आफन्त र चालकसहित थर्काउदै हिंडेका पाइयो चर्चा हामी सुन्दैछौं । अब हाम्रा दिन आए विचार गर पुगिएका विकट ठाउँमा भन्दै अधिकृत र सैनिकलाई गाली गर्ने र फुर्ति लगाएको पाइयो ? हुने वाला चीफसा’वका चालक सुवेदार अब हाम्रो मालामाल दिन र अधिकार आउन लाग्यो विचार गर है भन्दै फुर्ति लगाएको सुनिएको छ ।  चीफसा’वको चालकको पनि यत्रो हिम्मत हुन्छ भने अरुको के होला सरकार ? 

२÷३ बर्ष कल्याणकारीको रकममा अड्डा जमाएर बसेका गौरव तण्डुल आज फेरि ६ महिना पनि पृतना नचलाएर संभार रथी बुझ्न आएका छन् ? के उनी एक मात्र सेनाका जर्णेल हुन् जसले यति चांडो पृतना कमाण्ड गरी मालदार अड्डा फर्किएर हुने वाला चीफसा’वको फुर्ति लगाउने गरेका छन् ? अहिले प्रभुराम शर्मासहितको जर्णेलहरुको एउटा समूह कसरी सेनाले सांसद, संसद र सरकारको दवावलाई प्रतिकार गर्ने भनेर मोडालिटीको तयारीमा लागेका छन रे, यो किन हुँदैछ ? 

कल्याणकारी कोषको हरेक काममा भूपूलाई भर्ना गरिन्छ तर चीफसा’वको मान्छे मात्रै, पेट्रोल पम्पमा १५/२० वर्षदेखि मस्त । त्यही बसेर ती भूपूहरु करोडपति भइसके । के यिनीहरुले मात्रै राज गर्ने कारण घुस र चाकडी हो ? बहाल सेनाले पेट्रोल पम्प चलाउनु हुँदैन ? सेनामा यी बाहेक अरु भूपू छैनन् ?  चाकडी गरेर हिंड्ने कमल नेपाल भन्नेले लिनु फाइदा लिए र सैनिक मेडिकल कलेजमा कर्णेलको भूमिका खेलेर अड्डा जमाएर, जुनियर छोरालाई भनसुन गरि सिनियरको पालो मिचेर विदेशी कोर्र्ष पूरा गरी फेरि हुने वाला चीफसा’वको घरघरमा धाउदै छन् रे ? कहिले सुध्रिन्छ नेपाली सेना र कहिले नागरिक सरकारको मातहतमा आउला  ?

रक्षा मन्त्रीज्यूलाई बेलैमा सुझाव छ, रक्षा मन्त्रालयमा सेनाका सकल दर्जाको गुनासो सुन्ने व्यवस्था मिलाउनु प¥यो, नियमसंगत आएका फाइल र कामलाई सदर गर्नु नत्र बेनियम कामलाई फर्काउने आ“ट गर्नु प¥यो । तर, नियम कानून, संविधान र सरकारभन्दा ठूलो सेना हैन, नागरिक सरकारको अण्डरमा राख्नु प¥यो । चाकडी गर्ने, मन्त्री, सचिवलाई भेट्ने, महंगा उपहार लिन/दिने व्यवस्था खारेज गर्नु प¥यो ओली सरकार !

 पीडित अधिकृत र सैनिकले पोखेका गुनासोलाई सुनेर बुझेर त्यसको फैसला गर्दिनु प¥यो । सिपाहीले बोलेको गुनासो असत्य हैन कार्यस्थल र मैदानमा भोगेको कुरा हो सत्य हुन्छ ? यति भए सेनालाई सुधार्न सकिन्छ । सेनाका जर्णेलहरु र चीफहरुलाई पनि अख्तियारको १३ पाने भर्न लगाउनु प¥यो । अनि हिजोदेखिका सेनाभित्रका सबै भ्रष्टाचार र अनियमित कामकारवाही बाहिर आउनु सक्छ ।

सेनाभित्रको भ्रष्टाचार आफै रोकिन्छ । अनि सांसद महेश बस्नेतहरुले संसदभित्र सेनाको भ्रष्टाचार बारेमा कुर्लिनु पर्दैन । नत्र सेनाले सरकारलाई राजतन्त्रको जस्तै सदा आफ्नो बसमा राखेर शासन गर्ने छ । होसियार ओली सरकार ?

पीडित सैनिकहरु, नेपाली सेना