🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वरिष्ठ पत्रकार पोखरेलको निधनले स्तब्ध छौंः पत्रकार महासंघ

काठमाडौं । वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ । पोखरेलको निधनको खबरले महासंघ स्तब्ध भएको उल्लेख गर्दै यसबाट नेपाली पत्रकारितामा अपूरणीय क्षति पुगेको विज्ञप्तिमार्फत् जनाइएको छ ।

नेपाली पत्रकारिताको संस्थागत विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका वरिष्ठ पत्रकार पोखरेलको निधनबाट नेपाली पत्रकारिता जगत्ले एक योग्य, अनुभवी र एकजना मूर्धन्य व्यक्तित्व गुमाएको महासंघले जनाएको छ ।

\"\"

उनको निधनलाई महासंघले पत्रकारिता जगतको अपूरणीय क्षतिको रूपमा लिएको छ । उनले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहने महासंघले जनाएको छ ।

महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा स्वर्गीय पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जली तथा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धर्मपत्नी र छोराछोरीसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित समवेदना प्रकट गरिएको छ ।

केही वर्षयता फोक्सो र मुटुसम्बन्धी रोगबाट ग्रसित पोखरेलको ८८ वर्षको उमेरमा सोमबार काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो ।

१९९३ सालमा धनकुटाको कचिँडेमा जन्मिएका पोखरेल चार दशकदेखि काठमाडौंमा रही पत्रकारिता क्षेत्रमा सक्रिय थिए । राष्ट्रिय समाचार समितिमा संवाददाताका रुपमा पत्रकारिता गरेका पत्रकार पोखरेलले राष्ट्रिय समाचार समितिमै कायमुकायम महाप्रवन्धको जिम्मेवारी वहन गर्नुका साथै गोरखापत्र दैनिक र गोरखापत्रकै साहित्यिक प्रकाशन मधुपर्क मासिकको कामु सम्पादक तथा गोरखापत्रकै सहप्रकाशन मुना मासिकको संस्थापक प्रधानसम्पादकसमेत भई काम गरेका थिए ।

पत्रकारिता प्रशिक्षण संस्था नेपाल प्रेस इन्स्पिटच्युट (एनपीआइ) का संस्थापक महासचिवको भूमिका निर्वाह गरेका पोखरेलले दुईपटक सोही संस्थामा अध्यक्षको जिम्मेवारी वहन गरेका थिए ।

नेपाली र अग्रेंजी दुबै भाषामा कलम चलाएका पोखरेल राष्ट्रिय मानवअधिकार आयोगको सदस्यसमेत बनेका थिए । गोरखापत्र संस्थानको राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गरेका पोखरेलको पत्रकारितामात्र होइन पत्रकारिता शिक्षा र तालिममासमेत उल्लेखनीय योगदान छ ।

स्वर्गीय पोखरेलका श्रीमती, दुई छोरी र एक छोरा छन् ।