🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चिसोबाट बच्न विद्यार्थीहरुलाई ज्याकेट

मुगु । हिमाली जिल्ला मुगुको पश्चिमी क्षेत्रमा पर्ने खत्याड गाउँपालिकामा रहेका नौवटा बिद्यालयमा अध्ययनरत १ हजार ६ सय विद्यार्थीलाई चिसोबाट बच्न ज्याकेट प्रदान गरिएको छ ।

हिमाली जिल्लामा पुस महिनामा जाडो बढेसँगै बिद्यालयमा विद्यार्थी कम आउने  भएकाले खत्याड गाउँपालिकामा रहेका चार माध्यामिक विद्यालय र पाँचवटा आधारभूत प्राथामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सोबरस एक्सन नेपाल नामक सस्थाले न्यानो ज्याकेट सहयोग गरेको हो ।

\"\"

१ हजार ६ सय जना विद्यार्थीलाई एक–एकवटा ज्याकेट दिइएको सोबरस एक्सन नेपालका संयोजक रोजी राणाले जानकारी दिइन् ।

माध्यामिक तहमा अध्ययनरत छात्राहरुले विद्यालयमा अध्ययनरत समयमा महिनावारी भएको समयमा उपस्थिति कम हुने भएकाले हामी नेपाल नामक संस्थाले ६ सय छात्रालाई ६ थानका दरले स्यानेटरी प्याड पनि वितरण गरेको छ ।
 

\"\"

महिनावारीका बेला छात्राको उपस्थितिमा कमि नहोस् र पढाइमा असर नपरोस् भनेर सहयोग गरिएको संस्थाका संयोजक सुनील बानियाँले बताए ।

विद्यार्थीलाई सहयोगका लागि बिद्यालयका शिक्षक टंकप्रसाद सन्जालले संस्थाका प्रतिनिधिलाई धन्यवाद दिएका थिए ।