🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बागमतीका अस्पतालको स्तरोन्नति गर्ने सरकारको निर्णय, १,६६९ कर्मचारीको दरबन्दी स्वीकृत

काठमाडौं । बागमती प्रदेश सरकारले १० वटा अस्पतालहरुको स्तरोन्नति गर्ने निर्णय गरेको छ । 

मंगलबार बसेको प्रदेश मन्त्रपरिषद्को बैठकले प्रदेश क्षेत्रका १० अस्पतालको स्तरोन्नति गर्ने र प्राविधिकसहित १,६६९ कर्मचारीहरुको संगठन संरचना स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए । 

उनका अनुसार भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई ३०० बेड क्षमतामा स्तरोन्नति गर्ने निर्णय भएको छ भने धादिङ अस्पताल, नुवाकोटको त्रिशुली अस्पताल,सिन्धुली अस्पताल र चितवनको बकुलर अस्पताललाई १०० वेड क्षमतामा स्तरोन्नति गर्ने निर्णय भएको छ । 

त्यस्तै, सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाई अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० शैयाका अस्पतालकारुपमा स्तरवृद्धि गर्ने निर्णय भएको छ ।