🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एम्नेस्टी इन्टनेशनलले गृहमन्त्रीलाई बुझायाे २३ हजार २४७ पत्रहरु

 

काठमाडौँ, ७ चैत । एम्नेस्टी इन्टरनेशनल नेपालले गृह मन्त्रालयलाई आज महिला हिंसा अन्त्यका लागि ठोस उपायको माग राख्दै आज २३ हजार २४७ पत्रहरू बुझाएको छ । एम्नेस्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थपलियासहितको समूहले महिला हिंसा अन्त्यका लागि ठोस उपायको माग राख्दै आज २३ हजार २४७ पत्रहरू गृह मन्त्रालयलाई बुझाएको हो । 

पत्रहरू एम्नेस्टी इन्टरनेशनल नेपालका सदस्य तथा समर्थकले एम्नेस्टी इन्टरनेशनलको सन् २०१८ को २९ नोभेम्बर देखि २० डिसेम्बरसम्म चलेको विश्वव्यापी पत्र लेखन कार्यक्रम विश्वव्यापी पत्रलेखन अभियान अभियानका क्रममा सङ्कलन गरिएका थिए । पत्रमा सरकारसहितको परिवर्तित राजनीतिक सन्दर्भमा समेत नेपालमा बढ्दो महिला हिंसा र गहिरिँदै गइरहेको दण्डहीनताको डरलाग्दो अवस्थाप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ । 

गृहमन्त्रीलाई महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यका लागि शीघ्र प्रभावकारी कदम चाल्न, पीडकलाई कानूनी कारवाही गर्न र बलात्कारको घटनामा उजुरी गर्ने हालका एकवर्षे हदम्यादको प्रावधान हटाई कुनै पनि हदम्याद नराख्ने दिशामा कानून संशोधनको प्रक्रिया अघि बढाउन पनि आह्वान गरिएको छ । 

हरेक वर्ष नोभेम्बर/डिसेम्बर महीनामा एम्नेस्टीले विश्वव्यापी पत्र लेखन अभियान सञ्चालन गर्दछ । यस अभियानका क्रममा एम्नेस्टीले विश्वव्यापी रूपमा आफ्ना समर्थक र सदस्यलाई अन्यायविरुद्ध आवाज उठाउने साहस गर्दा आफ्नो अधिकारको हनन भएर प्रताडित भएका व्यक्तिलाई ऐक्यबद्धताको सन्देश पठाउन अनुरोध गर्दै आएको छ ।रासस