🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ ।

    इन्टरनेट (इमेलसहित) को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम लिमिटेड पुतलीसडक काठमाडौँ, म्याक्स नेट सोलुसन प्राली कोटेश्वर काठमाडौँ र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरिएको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलले राससलाई जानकारी दिनुभयो ।

    उहाँका अनुसार अनुमतिपत्र प्राप्त गरेका ती कम्पनीहरुले तोकिएको समय अवधिभित्र अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र स्वतः खारेज गरिएको हो । प्राधिकरणले ती कम्पनीहरुलाई ३० दिनभित्र प्राधिकरणको कार्यालयमा सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम÷दस्तुर तथा विवरणहरु बुझाउन अनुरोध गर्दै अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ ।