🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गणतन्त्र विरोधीहरु दिवासपना देखेर भ्रम छर्दै छन : नेता पोखरेल

महोत्तरी ।  गणतन्त्र विरोधीहरुले ७ गते राखेको कार्यक्रम भ्रमपुर्ण भएको माओवादी केन्द्रका केन्द्रीय सचिव लीलामणि पोखरेलले वताएका छन । 

देश कंगाल बनाएकाहरुले पैसा देखाएर मान्छे बटुल्ने काम मात्र भएको नेता पोखरेलको भनाइ छ । `नेपालको राजनिती प्रणाली र मौलिकतामा हस्तक्षेप गर्ने खोज्नेहरुले लगानी गरेको पनि हामीले सुनेका छौ ।´ सचिव पोखरेलले भने । `यो उनिहरुको दिवा सपना मात्र हो ।´ नेपालमा गणतन्त्रको विरोध गर्न भारतीय वीजेपीका नेताहरुले समेत चलखेल गरेको उनले खुलासा गरे ।

विजेपीका नेताहरुले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको ठोकुवा गर्दै नेपाली जनताहरु यसतर्फ गम्भीर बन्नुपर्ने  नेता पोखरेलको धारणा छ ।

राजनीति परिवर्तन गरी विकास गर्ने भन्ने आफैँमा भ्रमपुर्ण भएको र २३८ बर्ष सम्म नेपाली जनतालाई ठगेर थुपारेको पैसाले अहिले चलखेल गर्न खोजेको उनको आरोप छ ।