🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पहिलो चरणमा ४० जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषद् निर्णय 

काठमाडौं । आगामी वैशाख १७ र २७ का लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा सरकारले पहिलो चरणमा ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । 

सरकारका एक मन्त्रीले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए । 

प्रदेश १, वागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भने वैशाख २७ गते दोस्रो चरणमा निर्वाचन हुनेछ । 

सरकारले गत पुस ५ गते संसद् विघटन गर्दै आगामी वैशाख १७ र २७ का लागि निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरिदिएकी थिइन् । 

निर्वाचन मिति घोषणा भइसके पनि संसद् विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा रहेकाले अन्योल कायम छ । संसद् विघटनविरुद्ध सर्वोच्चमा परेका रिटबारे अहिले बहस जारी छ ।