एसिडिटी केवल पेटमा मात्र नभई मुखमा पनि हुन सक्दछ । अझ यति मात्र नभई एसिडिटीको असर पेटमा मात्र नभई मुखदेखि लिएर खुट्टासम्म नै असर पर्दछ । यस्ता कयौं कारणहरू छन् जसले एसिडिटी निम्त्याउने गर्दछन् । यी कारणहरू भिन्नै किसिमका छन् जसले हामीलाई नै अचम्ममा पार्दछन् ।
अधिक थकान : बहुत अधिक थकान र भारिपनाका कारण एसिडिटी बढ्न जान्छ । एसिडिटीका कारण शरीरको उर्जा सकिन जान्छ जसले अधिक थकान महसुस हुन जान्छ ।
दाँतका समस्याहरू : भोजन चपाएर खाने समयमा कयौं पटक एसिटिक प्रतिक्रिया हुन जान्छ जसले दाँत तथा गिजाहरूलाई कमजोर बनाउने र मुख सम्बन्धी विभिन्न समस्याहरू उत्पन्न गराउँदछ । यसका कारण एसिडिटीको समस्याले दाँतमा पनि समस्या उत्पन्न गराउँदछ ।
आँखा सम्बन्धी समस्या : एसिडिटीको कारण आँखाबाट अधिक आँशु खस्ने तथा कन्जक्टिवाइटिस संक्रमणको समस्याका कारण पनि बन्न जान्छ ।
मखुबाट अधिक ¥याल आउने : कन्सटिपेशनबाट हुने एसिडिटीको समस्याबाट पनि मुखमा अधिक ¥याल आउने समस्या बन्न सक्दछ ।
ओंठ फुट्नु : एसिडिटीका कारण प्राय ओंठहरू फुट्ने गर्दछन् । यदि तपाईको छाला पनि सुख्खा छैन र मौसमको अनुकूलमा पनि ओंठ फुट्दछ भने यो सोच्नुपर्ने कुरा हो ।
अनुहार सुख्खा हुनु : एसिडिटीका कारण अनुहारको छालाबाट चिल्लोपना हट्न जान्छ जसले गर्दा छाला चिलाउने, संक्रमणको आशंका बढ्नेका साथै अनुहार सुख्खा हुन जान्छ ।



