🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वैदेशिक रोजगारीका नाममा हामी ठगियौं

वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक राम्रो मानिन्छ । नेपालको न्यूनतम कमाईले बाँच्न समेत कठिनाई भएपछि चर्को ब्याजमा ऋण खोजेर पैसा लगाएर भएपनि युरोपेली मुलुक छिर्न निर्णयमा पुगियो । यही सिलसिलामा हामीले दोलाखाका म्यान पावर एजेन्ट दावा लामालाई भेटेका थियौं जसले हामीलाई राम्रो कामका लागि पोल्याण्ड पठाईदिन्छु भनेर लाखौ रुपैयाँ लियो ।

यही लालसा बोकेर पोल्याण्ड जानका लागि त्यस दलाललाई पैसा पनि बुझायौं । तर, हामी यी ठगको चंगुलमा फसेका छौं । पोल्याण्ड पठाउँछु भन्दै पैसा लिएपछि दावा लामा नाम गरेका ती दलाल हामी १४ जना युवाको पासपोर्ट र पैसा लिएर बेपत्ता भएको थियो । लामाले पैसा लिइसकेपछि आजआज भोलिभोलि भन्दै झुलाउँदै आएको थियो । केही समय त मोबाइल नै बन्द गरेर वेपत्ता भयो । 

हाम्रँे पैसा खाएर बेपत्ता हुने दावा लामाको धेरै खोजतलास पछि बल्लतल्ल लामालाई दोहोरी साँझमा भेट्न सफल भयौं । यो के गरेको, हामीलाई पोल्याण्ड नपठाउने भए पैसा फिर्ता देउ भन्दा उल्टो हामीलाई नै धम्क्याएको र दादागिरी देखाएर धम्की समेत दियो । उल्टो मोबाइलमा हाम्रो तस्विर खिच्दै हामीमाथि दादागिरी देखाएर जाइलागे ।

श्रीमान र श्रीमती दुवैका अगाडि समझदारी भएर पैसा लिएपनि लामाकी श्रीमती पनि बेला बेलामा श्रीमान कहाँ छन् थाहा छैन, वियर लिएर भेट्न आउ भन्ने गरेकी थिइन् । दावा लामालाई भेट्दा हामीसँग कुरा गर्न र सल्लाह गर्न पनि मानेनन् । केवल चेक काटिदिन्छु, यो गरिदिन्छु भनि अनेक बहाना बनाउने र धम्क्याएर हाम्रँे पैसा पचाउने नियतले आलटाल गरेर दुःख दिनु दिए । 

हामीले उनीसँग भएको भेटको लाइभ भिडियोसमेत सामाजिक सञ्जालमा हालेका थियौं । यसरी वैदेशिक रोजगारीको नाममा ठगी गर्दै हिंड्ने दावा लामालाई सरकारले तत्काल कारवाही गरोस् । सरकारले यी ठगबाट हाम्रो पैसा फिर्ता गराइदियोस् भन्ने बिन्ती गर्दछौं । 

                                                                                                                                                       – दावा लामाबाट पीडितहरू