🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बोर्डको सबै कार्यक्रम बहिस्कार गर्ने चलचित्र सम्बद्ध संघसस्थाको घोषणा

काठमाडौं, २० असोज । पछिल्लो समय चलचित्र विधेयकको बिषयलाई लिएर चलचित्र सम्बद्ध संघ सस्थाले चलचित्र बिकास बोर्डको सबै कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेको छ ।  

२०८० असाेज १९गते शुक्रवार निर्माता संघ, चलचित्र संघ, कलाकार संघ, निर्देशक समाज, प्राविधिक संघ, आदिवासी चलचित्रकर्मी महासंघलगायत चलचित्र सम्बन्धी ९ वटा संघ सस्थाहरुको सामूहिक बैठक बसेको थियो ।

बैठकले चलचित्र बिकास बोर्डले सरोकारवाला संघ सस्थालाई खबर र छलफल नै नगरी चलचित्र विधेयक तयार गरी सुझाव माग गर्दै बोर्डको वेभ साइटमा राखेको भन्दै आपत्ति जनाएको छ ।  

सरोकारवाला संघ सस्थाहरुको सहमति बिना चलचित्र बिधेयक अगाडि नबढाउन अनुरोध गर्दै संघसस्थाले चलचित्र बिकास बोर्ड र संचार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र बुझाएको छ ।  

यस अघि चलचित्र सम्बन्धि संघ संस्थाले ड्राफ्ट गरी बोर्डसँग सहमति  गरेको विधेयक लुकाएर बोर्डले चलचित्र उध्योग र संघीयताको मर्म विपरित गोप्य रुपमा विधेयक ड्राफ्ट गरी अगाडि बढाएको आरोप लगाएको छ ।  

सुक्रबार संचारमन्त्री रेखा शर्मालाई पत्र बुझाउँदै सबै संघ संस्थाले सहमतिमा विधेयकको ड्राफ्ट वा सुझाव पठाइसकेपछी मात्र मन्त्रालयमा पेस गर्न माग गर्दै त्यस अघिका बोर्डका सबै कार्यक्रम बहिस्कार गर्ने ८ सस्थाले निर्णय गरेको हो ।  

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का र नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले कुनै पनि सस्था र चलचित्रकर्मी चलचित्र विधेयकमा सहमति नभएसम्म बोर्डको कार्यक्रममा सहभागी नहुने बताएका छन् ।  

सबै संघसस्थाले अर्को शनिवारसम्म चलचित्र विधेयक अध्ययन गरी सुझाव र स्पष्टिकरणसहित चलचित्र बिकास बोर्ड र मन्त्रालयमा पेस गर्ने तयारी गरेको छ ।