🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

किसानका समस्याबारे रास्वपाले बुझायो ध्यानाकर्षण पत्र

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुषाललाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कृषि विभागले किसानका समस्याबारे ध्यानाकर्षण गराएको छ । रास्वपाको कृषि विभागका प्रमुख एवं प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले आज मन्त्री भुषाललाई किसानको उत्पादित धान समर्थन मूल्यमा खरिद गर्न खाद्य संस्थानबाट एक पालिका एक खरिद केन्द्र स्थापना, बाढीबाट वाली प्रभावितलाई क्षतिपूर्तिको व्यवस्था, किसान सुरक्षा कोष लागू गर्नेलगायत नौ बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।   

    “जनआवाज सुन्नका लागी कैलालीको टीकापुर पुग्दा त्यहाँका कृषकको आवाजले कृषि क्षेत्र सरकारको नजरभन्दा बाहिर भएको महशुस भयो”, मन्त्री भुषाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “यहाँका बहुसङ्ख्यक नागरिकको मुख्य आयस्रोत कृषि हो । सो क्षेत्रलाई धान र फेरा खेतीको पकेट क्षेत्रका रूपमा लिइन्छ । आम जनताले न मल बेलामा पाउछन्, न त बिउ राम्रो पाउँछन्, न कृषि उपज सरकारले तोकेको समर्थन मूल्यमा किनिदिन्छ ।”

    गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगविरुद्धको नक्कली भ्याक्सिन फैलिएको विषयमा छानबिन, स्थानीयस्तरमा उत्पादित कृषि उपजको तथ्याक सङ्कलन तथा बजारीकरण कार्यमा सहजीकरण गर्नुपर्ने माग गरिएको चौधरीले बताउनुभयो ।

    उहाँका अनुसार कृषिमा सुलभ कर्जा, बीमा सहुलियत तथा सहज पहुँचका लागि बीमा कम्पनी, बैंक, वित्तीय संस्थासँग साझेदारीमा सुलभ कर्जा कार्यक्रम सञ्चालन, केरा खेतीमा देखिएको रोगको नियन्त्रणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ । 

    “नेपाली माछा उत्पादक कृषकलाई प्रोत्साहन गर्न छिमेकी मुलुकबाट आयत हुने सम्पूर्ण माछामा अन्त शुल्क भ्याटको अनिवार्यता गर्न, मुडग्री माछाको विक्री वितरणमा रोक लगाउन र माछाको ओसार पसारलाई व्यवस्थित गर्न माग गर्दछौँ”, चौधरीले भन्नुभयो ।