🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ

 काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय १५ अमेरीकी डलर, ४४ सिंगापुर डलर, २० हजार ९ सय ९० थाई भाट, २८ हजार १० भारतीय रूपैयाँ, ६ लाख ७ हजार ४ सय ९६ नेपाली रूपैयाँ र नेपाली लगायत विभिन्न भाषामा उल्लेखित रकम खुल्न नसकेका प्राचिन मुद्राहरु ६४ थानसहित अमेरीकी नागरिक ७० वर्षीय डेभिड अलान हार्वुडलाई प्रहरीले पक्राउ गरेको छ । 

थाई उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा जाँच तथा तलासी गर्ने क्रममा अबैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा विभिन्न दर र सिक्कामा रहेका उक्त मुद्रासहित फेला पारी पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि भन्सार कार्यालयमा बुझाइनेछ ।