🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

कर्णाली, १५ असोजः नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीमा गुलाजङ्ग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी मीनबहादुर शाहीले दुई सय सात मत प्राप्त गर्नुभयो । अध्यक्षका प्रत्याशी प्रकाश रोकायले भने मात्र चार मत प्राप्त गर्नुभयो । 

उपाध्यक्षमा टेकराज पछाई दुई सय ६२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी लालबहादुर महताराले एक सय ७६ मत प्राप्त गर्नुभयो । 

त्यस्तै, प्रदेश कमिटी सचिवमा चार सय छ मत प्राप्त गरी ध्रुवकुमार शाही विजय हुनुभएको छ । उहाँका प्रतिस्पर्धी रुद्रबहादुर शाहीले एक सय ६९ मत प्राप्त गर्नुभयो । उपसचिवमा रवीन्द्रराज शर्माले तीन सय मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रत्याशी रमेश शाहीले दुई सय ६६ मत प्राप्त गर्नुभयो । 

    
महिला उपसचिवमा पद्मा खड्काले एक सय ५२ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी मेनका पछाईले ९६ मत प्राप्त गर्नुभयो । उपसचिवमा नौ उम्मेदवारहरु चुनावमा भाग लिएका थिए । प्रदेश कमिटीको प्रथम अधिवेशनमा जम्मा छ सय चार मत खसेको पाँच सय ८० मत सदर र २४ मत बदर भएको निर्वाचन कमिटीले जनाएको छ ।