🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चितुवाको छालासहित पाँच जना पक्राउ

काठमाडौँ, १५ असोज : नेपाल प्रहरीले संरक्षित वन्यजन्तु चितुवाको छालासहित पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बिक्री वितरण गर्ने पाँच जना व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भोजपुरका ३९ वर्षीय लक्ष्मण विश्वकर्मा, २० वर्षीय विनोद कालिकोटे, ३४ वर्षीय दलबहादुर आलेमगर, धादिङ गल्छीका २८ वर्षीय उमेश दुधराज र २० वर्षीय प्रेमबहादुर विक छन् ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले संरक्षित वन्यजन्तु चितुवाको छाला ओसारपसारमा सङ्लग्न गिरोहलाई ललितपुरको बोधिग्राम टोलबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिवन बुझाइएको प्रवक्ता अधिकारीले बताउनुभयो । 

\"\"