🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आज मोती गजल मुशायरा हुने

काठमाडाैं, ६ असाेज । आदि गजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले यस वर्ष असोज ६ गते शनिबारका दिन राष्ट्रिय नाचघरको मिनी प्रेक्षालयमा गजल मुशायरा कार्यक्रमको आयोजना गरेको छ ।

यस मुशायरामा आदिगजलकार मोतीराम भट्टप्रति श्रद्धा सुमन अभिव्यक्त गर्दै ३ जना चर्चित युवा गजलकारहरूले आआफ्ना गजलहरू तरुन्नम शैलीमा प्रस्तुत गर्नेछन् । कार्यक्रममा तनहुँका गजलकार अन्जान यात्री, धादिङकी गजलकार राधा कणेल र झापाका मिलनकुमार ढुङ्गानाको तरुन्नमका जादूमय प्रस्तुति रहनेछ ।

प्रतिष्ठानले अन्य गजलकारहरूलाई समेत प्रत्यक्ष  रूपमा आफ्नो सहभागिता रहेको अनुभूति गराउने उद्देश्यले मञ्चमा उपस्थित ३ जना गजलकारहरूबाट थप ३ जना गजलकारका १/१ ओटा गजल प्रस्तुत गर्ने परम्परालाई यस मुशायरामा पनि निरन्तरता दिनेछ । यसका अलावा १० जना गजलकारका १० उत्कृष्ट शेरहरूलाई कार्यक्रमका सहजकर्ता एवं सूत्रधार आँचलकुमार शर्माले वाचन गर्ने कार्यक्रम छ ।

यस कार्यक्रमको मुख्य प्रायोजकमा रूपमा ग्लोबल आइएमई बैँक तथा अन्य सहयोगी एवं सहप्रयोजकहरूमा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम लि., सूर्य ज्योति लाइफ इन्सोरेन्स, सूर्य नेपाल, एभरेष्ट बैंक लिमिटेड , नागरिक लगानी कोष, टेम्पल टाइगर, भायनेट आदि रहेका छन् । 

संस्थाले आगामी २०८० कात्तिक १८ गते सांस्कृतिक संस्थानकै मुख्य प्रेक्षालयमा साङ्गीतिक गजल गुञ्जन कार्यक्रमसमेत आयोजना गर्ने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए ।