🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शाहरुखको डंकीमा बिक्की कौशल देखि तापसी पन्नुसम्म

मुम्बई, २३ जेठ । शाहरुख खान यो वर्ष आफ्ना दुई फिल्म जवान र डंकीका कारण निकै चर्चामा छन् । किंग खानका फ्यानहरु उनका दुबै फिल्मको प्रतिक्षामा छन् ।

\"\"
जवानको भिएफएक्सको काम अन्तिम चरणमा छ भने डङ्कीको छायांकन चलिरहेको छ । यो चलचित्रलाई बलिउडका दिग्गज निर्देशक राजकुमार हिरानीले निर्देशन गर्दैछन् । राजकुमार हिरानीलाई सधैं ब्लकबस्टर फिल्म दिने यस्ता निर्देशकहरूमा गनिन्छन्।

\"\"

यसैबीच शाहरुख खानको फिल्म डङ्कीको स्टार कास्ट सार्वजनिक भएको छ ।

अहिले रेडिटमा एउटा तस्वीर भाइरल भइरहेको छ । जसलाई डङ्कीको स्टार कास्टको खुलासा भएको छ । तस्विरमा शाहरुख खान बाहेक अभिनेत्री तापसी पन्नु, बोमन इरानी, ​​सतीश शाह, दिया मिर्जा र विक्की कौशल देखिएका छन् ।

यो तस्विर मार्फत डङ्कीको पुरै स्टार कास्ट भएको दाबी गरिएको छ । यद्यपी, डन्कीको पूर्ण स्टार कास्ट निर्माताले आधिकारिक रूपमा खुलासा गरेका छैनन् । तर यो तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

तपाईलाई बताउ कि कि शाहरुखको फिल्म डंकी यो वर्ष क्रिसमसको अवसरमा रिलिज हुँदैछ। उनका फ्यानहरु लामो समयदेखि फिल्मको प्रतिक्षामा थिए । शाहरुख खानको अघिल्लो फिल्म पठानको कुरा गर्दा यो उनको करियरको अहिलेसम्मकै सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म बनेको छ ।

फिल्म पठान यसै वर्ष २५ जनवरीमा हलमा रिलिज भएको थियो । जसले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । योसँगै कैयौं कीर्तिमान पनि तोडेका छन् ।