🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महिलाका लागि आवश्यक मल्टीभिटामिन फुड्स

मल्टीभिटामिन भोजनले शरीरलाई स्वस्थ राख्नुका साथसाथै कयौं अन्य रोगहरुबाट पनि बचाउँछ । जानौं महिलाको राम्रो स्वास्थ्यका लागि केही मल्टीभिटामिनयुक्त भोजनहरु :

 
केरा : भोजनमा केरा समावेश गर्नु महिलाका लागि एकदमै फाइदाजनक हुन्छ । केरा एउटा राम्रो मल्टीभिटामिनयुक्त खानेकुरा हो । यसले मांसपेशी बढाउन र शरीरका हाडहरु बलियो बनाउन मद्दत गर्दछ । 

पालक : महिलाका लागि पालक एकदमै फाइदाजनक हुन्छ । यसमा हुने भिटामिन र एन्टीअक्सिडेन्टले दिनभर उर्जा दिन्छ । साथसाथै फ्री रेडिकल्सको समस्या पनि हटाउँदछ । 

अण्डा : महिलाका लागि अण्डा सुपरफुड जस्तै हो, जसले शरीरमा प्रोटिनको मात्रालाई पूरा गर्दछ । साथसाथै यसमा सेलेनियम जिंक, आइरन, कपर तथा कयौं अन्य भिटामिनहरु हुन्छ, जुन शरीरका लागि एकदमै आवश्यक र फाइदाजनक छन् । 

सी फुड : समुद्री माछाहरुमा राम्रो मात्रामा पोषणतत्वहरु हुने गर्दछ, जुन महिलाहरुका लागि स्वास्थ्यवद्र्धक मानिन्छ । यसमा भिटामिन बी, सेलेनियम, आइरन, जिंक तथा भिटामिन बी–१२ को राम्रो मात्रा हुने गर्दछ । 

क्याप्सिकम : क्याप्सिकममा भिटामिन सी, ए, पोटासियम, फाइबर, फोलेट तथा आइरनको मात्रा प्रशस्त हुने गर्दछ । यसले शरीरमा प्रतिरक्षा बढाउनुका साथसाथै मांसपेशीको दुखाईजस्ता समस्यामा राहत प्रदान गर्दछ । (एजेन्सी)